प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी

  ।   २०८२ जेष्ठ २३, शुक्रबार १४:०४

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर दलहरूले संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा जारी रहेको छ । विपक्षी गठबन्धनको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को चालु अधिवेशनको गतिविधि, संविधानको रक्षा तथा गणतन्त्रको सुदृढीकरण लगायत विषयमा छलफल भइरहेक‍ो बताइएको छ।

बैठकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका विपक्षी दलका शीर्ष नेताहरू सहभागी हुनुभएको छ ।

विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति आलोचना गर्दै संविधानको मर्म र भावना विपरीत हुने गतिविधिको प्रतिवाद गर्ने साझा रणनीति बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

Next Post

नेपालगन्ज उपमहानगरपालिकाले दियो एक हप्ते गर्मी बिदा, आइतबारदेखि विद्यालय बन्द हुने

२०८२ जेष्ठ २३, शुक्रबार १४:०४
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीको कारण नगर भित्रका सबै विद्यालयमा एक हप्ताको लागि बिदा दिने निर्णय गरेको छ। आइतबार (२६ जेठ) देखि लागू हुने गरी शुक्रबार (३१ जेठ) सम्म विद्यालय बन्द रहने सूचनामा जनाइएको छ । वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा हालको तीव्र तापक्रमले विद्यार्थीको स्वास्थ्यमा […]