नेपालगन्जमा भलिबल प्रतियोगिता गरेर जनयुद्ध दिवस मनाउदै

  ।   २०७९ माघ २२, आईतवार २०:१७

बाँके ।

नेपालगन्जमा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले भलिबल खेल प्रतियोगिताको आयोजना गर्दै २७औं  जनयुद्ध दिवस मनाउने भएको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमका बारेमा जानकारी दिन आइतबार नेपालगन्ज स्थित आफ्नै कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउनु भएको हो ।

अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । सो प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३५ हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिने भएको छ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी गराउनु भयो । टिम दर्ता गर्नका लागि खेलकुद उपसमितिका संयोजक वसन्त मल्ललाई ९८५८०२५६२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

Next Post

राप्तीपारी पर्यटकीय क्षेत्र विकास

२०७९ माघ २२, आईतवार २०:१७
नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्णा केसी ‘नमूना’ गत ७ माघको शनिबार दलबलसहित बाँकेको बर्फानी बाबा आश्रम पुगिन् । राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ बैजापुर क्षेत्रबाट मोटरसाइकल चढेर मन्त्री नमूनासँगै स्थानीय जनप्रतिनिधि, नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता कार्यकर्ता, पत्रकारको टोली बर्फानी बाबाको आश्रममा पुगेको थियो । […]

सम्बन्धित शीर्षक