एयर डाइनेस्टीको एन-एजेडी हेलिकप्टर दुर्घटना

  ।   २०८१ श्रावण २३, बुधबार १५:४७

काठमाडाैं । एयर डाइनेस्टीको एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ । दिउँसाे १:५४ बजे काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो।

चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिनु भएको छ। हेलिकप्टमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेका बताइएकाे छ।

गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले दिएको जानकारीअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

Next Post

भेरी आस्पलको नवनिर्मित इन्डोर भवन र एम.आर.आई. सेवा उद्घाटन

२०८१ श्रावण २३, बुधबार १५:४७
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले विशिष्टिकृत स्वास्थ्य सेवाका रूपमा एमआरआई सुरु गरेको छ। गत वर्षको साउनमा एमआरआई मेसिन ल्याएर सञ्चालनमा भए पनि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार औपचारिक रूपमा सेवा शुभारम्भ गर्नु भएको हो। भेरीमा जडान गरिएको थ्रीटेस्लाको मेसिन एमआरआई पश्चिम नेपालकै पहिलो अत्याधुनिक मेसिन हो। नेपाल […]

सम्बन्धित शीर्षक