युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

  ।   २०७९ आश्विन २८, शुक्रबार ०९:५७


नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ । सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध गराएको हो ।

बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरि र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई संयुक्त रुपमा राहात सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्लानका प्रतिनिधि गिरीले प्लान नेपाल विपदको बेलामा बर्दियाली जनताको साथमा रहेको बताउनुभयो । उहाँले प्लानले सधैं मानवीय सहयोगका कार्य गर्दै आएको पनि बताउनुभयो । प्लान ईनटरनेशनल नेपाल र बाँके युनेस्को क्लवको टोलीले हस्तान्तरण गरेको राहत सामाग्री बुझ्दै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले यस्तो गम्भीर बिपद र संकटमा हातेमालो गर्दै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।

प्लान नेपाल र बाँके युनेस्को क्लब लगायतको साझेदार संस्थाको टोलीले बर्दियाको राजापुर नगरपालिकामा १०० थान कम्बल, १०० थान झुल, १०० थान त्रिपाल र १०० थान मेट्रेस तथा गेरुवा गाउपालिकामा ५० थान कम्बल, ५० थान झुल, ५० थान त्रिपाल र ५० थान मेट्रेस हस्तान्तरण गरेको थियो । सो अवसरमा गेरुवा गाउपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशाशकिय अधिकृत बसबहादुर राना, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक महेश नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।

गत असोज १९ गतेदेखि २५ गतेसम्म अविरल परेको बर्षातका कारण डुवानबाट पीडित तथा प्रभावितका लागि कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लवले बाँकेमा ५० थान त्रिपाल, र आफनै आन्तरिक कोषबाट बर्दियामा ५० थान त्रिपाल तथा सेल्टरमा मेस चलाउनको लागि खाद्यान्न समेत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

Next Post

बाँके क्षेत्र नं.२ बाट संघीय सांसदका उम्मेदवार राई र क्षेत्र नं. १ ´क` का प्रदेश सांसदका उम्मेदवार नमूना नरैनापुरका अध्यक्ष शाह लाई भेट्न अस्पताल

२०७९ आश्विन २८, शुक्रबार ०९:५७
बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । शाह भर्ना भएपछि पुर्व मन्त्री तथा बाँके क्षेत्र नं. २ संघीय सांसदका उम्मेदवार मोहम्मद स्तियाक राई र बाँके क्षेत्र नं. १ क प्रदेश प्रदेश सांसदका उम्मेदवार कृष्णा केसी (नमूना) नेपालगन्ज शिक्षण अस्पतालमा […]