खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजान्छौँ : स्वास्थ्य मन्त्रालय

  ।   २०७८ श्रावण २४, आईतवार ०७:५१

काठमाण्डौ । आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ ।

यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउने तयारी भइरहेको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । खोपको आयातलाई हेरे केन्द्र थप्दै जाने उहाँको भनाइ छ । तर, खोप केन्द्र र स्वास्थ्यकर्मी थपेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले आफ्नो पालोमा मात्रै खोप लगाउन आग्रह गर्नु भएको छ ।

स्वास्थ्य मन्त्रालयले भोलिदेखि कोभिसिल्डको दोस्रो मात्रा वितरण गर्ने जनाइसकेको छ । कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिइनेछ । हिजो जापानले उपलब्ध गराउने भनेको १६ लाखमध्ये ४ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ । आज थप ४ लाख खोप आउने छ ।

अस्ति भुटानबाट तीन लाख खोप आएको थियो । प्राप्त यी खोप अहिले दिइरहेका केन्द्रबाट ज्येष्ठ नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ । सरकारले गएको वर्ष फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाएको थियो । झण्डै १४ लाख ज्येष्ठ नागरिक अहिले कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन्।

Next Post

कक्षा १२ को परीक्षा गर्दा अब १५ दिनअगाडि नै सूचना दिइने

२०७८ श्रावण २४, आईतवार ०७:५१
काठमाडौं । कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ। अब कहिले परीक्षा हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको […]