पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी

  ।   २०७७ आश्विन ३०, शुक्रबार ०७:०५

एजेन्सी । पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी
काठमाडौं । दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरुको हत्या भएको हो ।

मृत्यु हुनेहरुमा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरु पनि रहेको बताइएको छ ।

उक्त घटनामा आक्रमणकारीले अत्याधुनिक हतियार प्रयोग गरेको बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले दावी गर्नुभएको छ ।

घटनालगत्तै आक्रमणकारीहरु भागेको सुरक्षाकर्मीलाई उध्रित गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनालगत्तै सुरक्षाकर्मीले राजमार्गमा खोजी कार्य जारी राखे पनि आक्रमणकारी पत्ता लगाउन सकेका छैनन् ।

घटनाको कुनै पनि समूहले जिम्मा लिएका छैनन् । गत वर्षको अप्रिलमा पनि बन्दुधकधारीको आक्रमणमा सोही स्थानमा १४ जनाको मृत्यु भएको थियो ।

स्वतन्त्र पाकिस्तानको माग गर्दै आन्दोलन गरिरहेका विभिन्न जातिय संगठनले उक्त घटनाको जिम्मा लिएका थिए ।

गत जुलाईमा पनि बन्दुकधारीको आक्रमणमा परेर आठ जना सैनिकको मृत्यु भएको थियो । ईमेजखबर

Next Post

आज देशभरिकै मौसम सफा रहने

२०७७ आश्विन ३०, शुक्रबार ०७:०५
काठमाण्डौ । आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ । प्रदेश १, […]