२८ वटा सिनेमा हल बन्द हुँदा कति लगानी डुब्यो ?

  ।   २०७८ श्रावण १४, बिहीबार ०७:०४


काठमाडौं । कोरोना संक्रमणका कारण हालसम्म देशभरका २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । काठमाडौंकै जय नेपाल, गोपीकृष्णका केही हल, कुमारी, सिद्धार्थलगायत सिनेमा हल बन्द भएका हुन् ।

कोरोना संक्रमणका कारण लामो समय हल सञ्चालन नहुँदा सिनेमा घरहरु बन्द हुन थालेका हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

एउटा सिनेमा हल बनाउन औसतमा ६ करोड रुपैयाँ लाग्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउनुभयो । एउटा सिनेमा हलमा ६ करोड लगानी हुँदा २८ वटा हलको लागत एक अर्ब ६८ करोड रुपैयाँ हुन्छ । एक अर्ब ६८ करोडका हल बन्द भइसकेका छन् ।

पछिल्लो पटक काठमाडौंको सिद्धार्थ चलचित्र मन्दिर बन्द भएको छ । सधैंका लागि सिद्धार्थ चलचित्र मन्दिर बन्द भएको संघका महासचिव शर्मा बताउनुभयो ।

कोरोना संक्रमणको प्रभाव जति लम्बिँदै जान्छ, त्यति नै हलहरु बन्द हुने क्रम बढ्ने उहाँको भनाइ छ । “सिनेमा हल बन्द हुने क्रम अझै रोकिँदैन । अझै कति समय अवस्था सहज नहुने हो भन्ने यकिन छैन,” महासचिव शर्मा भन्नुभयो, “निषेधाज्ञा पूर्णरूपमा खुलेर हल खोल्ने अनुमति पाएपछि पनि चलचित्र क्षेत्र कहिले सामान्य अवस्थामा आउँछ भन्ने थाहा छैन । त्यसैले हलहरु बन्द हुने क्रम अझै रोकिँदैन । बन्द हुने क्रम रहिरहने छ ।” बन्द हुने हलको संख्या कम्तीमा ४० पुग्ने उहाँले बताउनुभयो ।

कोरोना संक्रमण फैलिनु अगाडि नेपालमा १९३ वटा स्क्रिन थिए । १६ महिनादेखि यी हल बन्द छन् ।

अब रिलिज हुने चलचित्रलाई २८ वटा सिनेमा हल बन्द हुँदा ठूलो घाटा बेहोर्नु पर्नेछ । काठमाडौंकै कुमारी, जय नेपाल, गोपीकृष्णकै चारवटा हल बन्द हुनु मेकरका लागि पनि ठूलो घाटा भएको अशोकले बताउनुभयो । -बाह्रखरी

Next Post

जुम्ला : छुमचौरमा बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गयो

२०७८ श्रावण १४, बिहीबार ०७:०४
जुम्ला । जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गएको छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएको प्रहरी […]

सम्बन्धित समाचार