जुम्ला : छुमचौरमा बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गयो

  ।   २०७८ श्रावण १४, बिहीबार ०७:०५

जुम्ला । जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गएको छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताउनु भयो। पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएको हो ।

उहाँसँगै घट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाको शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बोहराले बताउनु भयो।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिनुभयो । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उहाँले बताउनु भएको छ । -उज्यालो अनलाइन

Next Post

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

२०७८ श्रावण १४, बिहीबार ०७:०५
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ । काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक […]