नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

  ।   २०७७ भाद्र ५, शुक्रबार १७:०५

नेपालगन्ज । नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एकरएकजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

थप ८३८ जनामा संक्रमण
प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै १८२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा। गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट २५० जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या १२ हजार २३४ रहेको छ ।

Next Post

एक जना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजारभन्दा धेरै खर्च : स्वास्थ्य मन्त्रालय

२०७७ भाद्र ५, शुक्रबार १७:०५
काठमाण्डौ । सरकारले एक जना कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । नेपालमा अहिलेसम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको […]