“प्लास्टिक प्रदूषण विरुद्ध एक कदम: ठाकुरबाबामा वृक्षारोपण र सरसफाइ अभियान सम्पन्न”

  ।   २०८२ जेष्ठ २३, शुक्रबार १०:५६

सबिता चन्द

बर्दिया । विश्व वातावरण दिवस २०२५ “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रममार्फत मनाइँएको छ । यसले प्लास्टिक फोहोरको बढ्दो समस्यालाई सम्बोधन गर्नुपर्ने तत्काल आवश्यकता औँल्याएको छ। प्लास्टिक प्रदूषणले पारिस्थितिकी तन्त्र, वन्यजन्तु तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । पानीका स्रोतहरू मात्र होइन, मानव शरीरभित्र समेत माइक्रोप्लास्टिकको उपस्थिति पुष्टि भइसकेको छ ।  यसै सन्दर्भमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ मा वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाइ अभियान आयोजना गरिएको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर श्री तिलकराम लम्साल, उप–मेयर श्रीमती बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री नारायण पौडेल, वडा अध्यक्ष श्री टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। यो अभियान ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका, बाँके युनेस्को क्लब, तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सम्पन्न भएको हो। विशेषतः स्थानीय युवा महिलाहरूको सक्रिय सहभागिता तथा समान सोच भएका विभिन्न संस्थाहरूको समर्थन अभियानको प्रमुख विशेषता रह्यो ।  कार्यक्रमको समापन मन्तव्यमा मेयर श्री तिलकराम लम्सालले प्लास्टिक प्रदूषणलाई हाम्रो युगको एक प्रमुख चुनौतीको रूपमा चिनाउँदै प्लास्टिकको पुनः प्रयोग तथा रिसाइक्लिङ प्रविधिको अभावले वातावरणीय संकट उत्पन्न गरेको उल्लेख गर्नुभयो। उहाँले कागज वा कपडाका झोलाको प्रयोगलाई प्रोत्साहन गर्न र प्लास्टिक प्रदूषण विरुद्ध सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।  विश्व वातावरण दिवस २०२५ ले सबै व्यक्तिहरू, समुदायहरू तथा सरकारहरूलाई एकजुट भई स्वच्छ, स्वस्थ र दीगो ग्रह निर्माणका लागि निर्णायक कदम चाल्न प्रेरणा प्रदान गरिरहेको सन्देश दिएको छ।

Next Post

राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

२०८२ जेष्ठ २३, शुक्रबार १०:५६
नेपालगन्ज । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ । राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम […]