कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा फैलिँदै

  ।   २०७८ मंसिर १३, सोमबार ०७:१४

काठमाण्डौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ।

नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ ।

न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

ओमिक्रोन भेरियन्टको असर कम गर्न बेलायतले कोराना विरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ । यस्तै, बेलायतका स्वास्थ्यमन्त्रीले सार्वजनिक मास्कलाई समेत अनिवार्य गरिएको बताएका छन् ।

यस्तै, अस्ट्रेलियाले अफ्रिकी देशबाट आउने यात्रुलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । इजरायलले अन्य देशबाट आउने यात्रुलाई दुई हप्तासम्म प्रतिबन्ध लगाएको छ भने बाहिरी देशबाट आउने आफ्ना नागरिकलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ ।

Next Post

चीनले ‘शून्य सहनशीलता’ नीति परित्याग गरे विशाल प्रकोप फैलन सक्ने एक अध्ययनको चेतावनी

२०७८ मंसिर १३, सोमबार ०७:१४
रोयटर्स । चिनियाँ विश्वविद्यालयको एक अध्ययनले चीनले शून्य सहनशीलताको नीति छोडे कोभिडको विशाल प्रकोप देखिने चेतावनी दिएको छ । पेकिङ विश्वविद्यालयका गणितज्ञहरूले गरेको अध्ययनले अमेरिका र फ्रान्सले जसरी खुला छोडे अत्यन्तै ठूलो कोभिड प्रकोप सामना गर्नुपर्ने चेतावनदी दिएको हो । यात्रा प्रतिबन्ध हटाउँदै ‘शून्य–सहनशीलता’को नीति परित्याग गरे एक दिनमा ६ […]