चीनले ‘शून्य सहनशीलता’ नीति परित्याग गरे विशाल प्रकोप फैलन सक्ने एक अध्ययनको चेतावनी

  ।   २०७८ मंसिर १३, सोमबार ०७:१७

रोयटर्स । चिनियाँ विश्वविद्यालयको एक अध्ययनले चीनले शून्य सहनशीलताको नीति छोडे कोभिडको विशाल प्रकोप देखिने चेतावनी दिएको छ । पेकिङ विश्वविद्यालयका गणितज्ञहरूले गरेको अध्ययनले अमेरिका र फ्रान्सले जसरी खुला छोडे अत्यन्तै ठूलो कोभिड प्रकोप सामना गर्नुपर्ने चेतावनदी दिएको हो ।

यात्रा प्रतिबन्ध हटाउँदै ‘शून्य–सहनशीलता’को नीति परित्याग गरे एक दिनमा ६ लाख ३० हजार भन्दा धेरै कोभिड–१९ संक्रमणको सामना गर्न सक्ने अध्ययनले देखाएको हो ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा चाइना सीडीसी विक्ली (साप्ताहिक) मा प्रकाशित प्रतिवेदनमा गणितज्ञहरूले थप प्रभावकारी खोप वा विशेष विशेष उपचारबिना यात्रा प्रतिबन्ध हटाउन चीन सक्षम नहुने बताए ।

सम्भावित परिणाम मूल्याङ्कन गर्न अमेरिका, ब्रिटेन, स्पेन, फ्रान्स र इजरायलको अगस्टको तथ्याङ्क प्रयोग गरेका अध्ययनकर्ताले यदि चीनले महामारी नियन्त्रण गर्न यी देशले जस्तो रणनीति अपनाए ठूलो विपत्ति सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

यदि अमेरिकाको महामारी रणनीति अपनाएको भए चीनको दैनिक संक्रमण कम्तीमा ६ लाख ३७ हजार १ सय ५५ पुग्न सक्थ्यो, प्रतिवेदनमा भनिएको छ । र, ब्रिटेनले जस्तो गरेको भए २ लाख ७५ हजार ७ सय ९३ र फ्रान्सको अनुकरण गरेको भए ४ लाख ५४ हजार १ सय ९८ पुग्न सक्थ्यो ।

“यी अनुमानले विशाल प्रकोपको वास्तविक सम्भावना देखायो जसले (स्वास्थ्य) प्रणालीमा लगभग निश्चित रूपमै असह्यै बोझ पैदा गथ्र्यो” प्रतिवेदन भनिएको छ ।

“हाम्रो खोजले स्पष्ट रूपमा चेतावनी दिएका छन् कि केही पश्चिमा देशहरूद्वारा वकालत गरिएको खोपद्वारा प्रेरित ‘हर्ड इम्युनिटी’को परिकल्पनामा मात्र आधारित ‘ओपन अप’ रणनीति तत्कालका लागि स्वीकार गर्न तयार छैनौँ ।”

गणितज्ञहरूले उनीहरूको अनुमान आधारभूत अंकगणितीय गणनामा आधारित भएकोमा सचेत गराउँदै यात्रा प्रतिबन्धहरू हटाउन महामारीको विकासको थप परिस्कृत विधिहरूबाट अध्ययन गर्नु आवश्यक रहेको बताए ।

संक्रमितलाई पहिचान गर्ने, अलग्गै राख्ने र उपचार गर्ने प्रयासले गर्दा हुने अवरोध भन्दा संक्रमण हुनबाट जोगाउनु महत्वपूर्ण रहेको भन्दै चीनले कोभिड–१९ विरुद्ध शून्य सहनशीलता नीति कायमै राखेको छ ।

एक दिन अघिको २५ बाट घटेर चीनमा शनिबार २३ नयाँ संक्रमण भएको पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीले आइतबार बताए ।

विश्व स्वास्थ्य संगठनले ठूलो संख्यामा उत्परिवर्तन हुन सक्ने दक्षिण अफ्रिकामा देखा परेको नयाँ भेरियन्टको भाइरस चिन्ताको विषय भएको बताएसँगै धेरै देशहरूले यात्रा प्रतिबन्ध लागु गरेका छन् ।

Next Post

हुम्लाको लिमीमा आज खाद्यान्न पुग्ने

२०७८ मंसिर १३, सोमबार ०७:१७
काठमाण्डौ । भोकमरीको अवस्थामा रहेको हुम्लाको लिमी क्षेत्रमा आज खाद्यान्न पुग्ने भएको छ । त्यसका लागि हिजै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने […]

सम्बन्धित समाचार