हुम्लाको लिमीमा आज खाद्यान्न पुग्ने

  ।   २०७८ मंसिर १३, सोमबार ०८:०२

काठमाण्डौ । भोकमरीको अवस्थामा रहेको हुम्लाको लिमी क्षेत्रमा आज खाद्यान्न पुग्ने भएको छ । त्यसका लागि हिजै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने तयारी छ । त्यसपछि लिमीमा रहेका १ सय ४७ परिवारलाई खाद्यान्न वितरण गरिने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो खाद्यान्नले लिमीका स्थानीय बासिन्दालाई सातरआठ महिना खान पुग्छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार आज बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकप्टरले आफूलाई चाहिने तेलसमेत बोकेर जानेछ । हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु हुन थाले पछि नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङ काठमाण्डौ आएर सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । त्यसबाट त्यहाँका स्थानीय बासिन्दालाई मुस्किलले दुईरतीन महिना मात्रै खान पुग्छ।

Next Post

'ए' डिभिजन लिग स् ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै

२०७८ मंसिर १३, सोमबार ०८:०२
काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । पहिलो खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएको बिग्रेड […]

सम्बन्धित शीर्षक