थपिदै पार्क सहित मनोरञ्जनका क्षेत्र

  ।   २०७७ फाल्गुन १९, बुधबार १७:४५

समृद्धि आचार्य/मनकामना खड्का, नेपालगंज ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ मा निर्माणधिन अवस्थामा रहेको हनुमान चिल्ड्रेन पार्कको उद्दघाटन २०७८ बैशाखमा गर्ने योजना बनाईएको छ ।

वडा कार्यालय मार्फत निर्माण गरिएको हनुमान चिल्ड्रेन पार्कमा बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी खेल्न, घुम्न र भुल्नका १० वटा बेन्च, पिङ्ग, चिप्लेटी लगायतका मनोरञ्जनामत्क सामाग्री, पेटिन्ङ्गहरु राखिने वडा अध्यक्ष दिपक कुमार बर्माले जानकारी दिनुभयो ।

उता कोहलपुर नगरपालिका १४ हवलदारपुरमा ३५ करोड रुपैंयाको लागतमा ह्यापी वल्र्ड फन पार्क संञ्चालनमा ल्याईएको छ । प्रबन्ध निर्देशक बिजय भण्डारीका अनुसार फन पार्क साढे ३ बिगाह क्षेत्रफलमा फैलिएर रहेको छ ।

फनपार्कमा स्काई साइक्लिन, जिपप्ले लागायतका मनोरञ्जनात्मक क्रियाकलाप गर्न मिल्ने संरचनाहरु तयार पारिएको छ ।

(प्रशिक्षार्थी)

 

Next Post

म्यानमारमा सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गयो

२०७७ फाल्गुन १९, बुधबार १७:४५
काठमाण्डाै |  म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको […]

सम्बन्धित शीर्षक