एमाले स्थायी कमिटीको बैठक आज बस्दै, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने

  ।   २०७८ कार्तिक ४, बिहीबार ०७:४५

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्।

असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका मुख्य एजेण्डा हुन् । संघिय संसदमा आफुले गरिरहेको अवरोधको विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

Next Post

च्याम्पियन्स लिग : चेल्सी र युनाइटेड विजयी, बार्सिलोनाको पहिलो जित

२०७८ कार्तिक ४, बिहीबार ०७:४५
एजेन्सी । इंग्लीश क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा गएराति जित हात पारेका छन् । लण्डन क्लब चेल्सीले आफ्ने मैदानमा भएको खेलमा स्विडेनको माल्मो फुटबल क्लबलाई ४–० गोलले हराएको छ । यो खेलमा चेल्सीका दुई स्ट्राइकरहरु रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएका छन् । अर्को इंग्लीश क्लब […]