सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०७:५४

काठमाण्डौ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् ।

यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए ।

बाँसबारीले टुसाललाई ३-१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।

Next Post

सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७७ फाल्गुन १३, बिहीबार ०७:५४
काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले आज पदाधिकारीको बैठक बोलाएको छ । दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा […]