बर्दिया–बाँकेका बन क्षेत्र, निकुञ्जमा ज्यानको आहुति

के गर्छन्, स्थानीय सरकार

  ।   २०७८ माघ ६, बिहीबार १३:३८

(फोटो क्याप्सन) बालीनाली लगायत अन्य कृषि उत्पादनहरु संरक्षित क्षेत्रबाट आउने जनवारहरुबाट हुने नोक्सानीको रोकथामका लागी बर्दियाको गेरुवा गाउँपालिका ४ वरपरका स्थानमा निर्माण गरिएको तारजाली पर्खाल ।

प्रेम विश्वकर्मा, बाँके ।

निकुञ्ज छेउका स्थानीय घाँस, दाउरा, खर, साग, गाईबस्तु चरिचरनका लागी जंगलमा निर्भर छन । जोखिमपूर्ण जंगलमाथी स्थानीयको परर्निभरता घटाउन स्थानीय सरकारले गरेका काम भने अपर्याप्त भएका छन ।

आ.व. २०७७-०७८ बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका गाउँबस्तीका लागी सुखत बन्न सकेन । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीले त्रसित भइरहेकै बेला बाघले आक्रमण गर्न थालेपछि झनै भयवित हुनुप¥यो ।

गरिब तथा विपन्न, सुकुम्बासी बस्ती रहेको मधुवन नगरपालिका वडा नं. ३ अन्र्तगत पर्ने धनौरा, भगरैया क्षेत्रमा त बाघको आक्रमण दोब्बरले वृद्धि भयो । स्थानीयहरु दिउँसै पनि निर्धक्क सँग आउजाउ गर्न नसक्ने भए ।

मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्ल भन्नुहुन्छ्, ‘मान्छे खाने बाघलाई मार्नुपर्छ भन्ने स्थानीयको आवाज उठ्न थालेको छ, हामी स्थानीय सरकारका प्रतिनिधि हौं, हामीले यही राजनीति गर्नुछ, पहिले जनता जोगाउने, त्यसपछि बाघ, बाघ संरक्षण भन्दा स्थानीयलाई साथ दिनु पर्ने अवस्था आउन सक्छ । बाघको संख्या घटाउने वा बस्ती स्थान्तरण गर्नु बाहेक अर्को विकल्प छैन ।’

वडा अध्यक्ष मल्लले भन्नुभयो, ‘स्थानीय सरकारको पहलमा संघ, प्रदेशले निकुञ्ज छेउका बस्ती ब्यवस्थापन गर्नुपर्छ । स्थानीय सरकार (हामीले) तारजालीको पर्खाल पनि बनाएका छौं, तर यसले हुदैन । यहाँ बाघको संख्या (ज्यादा) धेरै भयो, बाघ नसारेसम्म मानवीय क्षति कम हुदैन जस्तो लाग्छ ।’

जैबिक मार्ग, खाता करिडोर, भारतीय कर्तर्नियाघाट बन्यजन्तु आरक्ष सँग जोडिएको क्षेत्रमा बाघको धेरै जोखिम छ । बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोे छ भने निकुञ्जको मध्यवर्ती क्षेत्र ५ सय ७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

बाँकेमा पनि उस्तै त्रास .:

बाघको आक्रमण बर्दियामा मात्र नभई बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि वृद्धि भएको छ । ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा गुड्दै गरेका मोटरसाइकलमै बाघ झम्टिन खोज्छन ।

३ पौष २०७८ का दिन राप्ती सोनारी गाउँपालिका, ५ बिनौना घर जादै गरेका जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटाला माथी बाघले झम्टियो ।

क्याम्पसबाट बिहान साढे ६ बजे मोटरसाइकलमा गइरहेको अवस्थामा बाघले झम्टेपनि पन्जाले नभेटेपछि आक्रमणबाट क्याम्पस प्रमुख बटाला जोगिनुभयो । सोही दिन फत्तेपुर स्थित बस्ती नजिकै जंगलमा दाउरा खोज्न गएका स्थानीय अशोक कुमार थारु र राजाराम थारुलाई बाघले लखेटेपछि दुबैजनाले रुखमा चढेर ज्यान जोगाउनुभयो ।

अहिले त्यसक्षेत्रका स्थानीयहरु त्रसित भएका छन ।

यी त केही, प्रतिनिधि मूलक घटना मात्रै हुन । गत भदौ अन्तिम सातातिर राप्ती सोनारीकै वडा नम्बर १ कुसुमस्थित गाभरमा बाँके राष्ट्रिय निकुञ्जको बाघले मुख्यराजमार्गमै आक्रमण गर्दा १ जना भारतीय नागरिकको मृत्युभएको थियो ।

उहाँको अहिलेसम्म नाम ठेगाना खुलेको छैन । यसरी बर्दियामा जस्तै बाँकेमा पनि बाघले मान्छे र पशुचौपाय माथी आक्रमण गर्ने क्रम बढेको छ ।

बाँकेको राप्तीसोनारी क्षेत्रका एक जना स्थानीय पत्रकार हेमन्त चौधरी भन्नुहुन्छ ‘यहाँ २०१३ साल यता बाघले आक्रमण नगरेको भन्ने स्थानीय बासीको भनाई छ । तर अहिले आएर एक्कासी आक्रमण बढ्नुलाई केही स्थानीयले दैबि शक्तिको प्रभाव अर्थत भूवरभवानी मन्दिरको उचित ब्यवस्थापन, संरक्षण नहुनुलाई लिएका छन ।

अहिले स्थानीयले मान्छेमाथी आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइदिनु पर्ने र भूवरभवानी मन्दिरको उचित ब्यवस्थापन, संरक्षणमा जोड दिईनुपर्ने बताउन थालेका छन । २०१३ साल अघि पनि बाघले आक्रमण गर्न थालेपछि भूवरभवानी मन्दिरको स्थापना गरी बिशेष पूजापाठ गरेपछि बाघको आक्रमण रोकीएको भन्ने भनाई केही स्थानीयको छ । तथापी, भूवर भवानी मन्दिरको स्थापना भने २००३ सालमै गरिएको थियो, तर उचित ब्यवस्थापन गर्न सकिएको थिएन, र बाघको आक्रमण कायमै थियो भनिन्छ ।’

स्थानीयबाट विभिन्न प्रतिक्रिया आइरहँदा राज्यले भने प्रभावकारी रुपमा दिर्घकालिन रुपमा समस्या समाधानको लागी चासो दिन नसकेको पत्रकार चौधरीको भनाई छ । बाघको आक्रमणबाट ज्यान गुमाउने स्थानीयहरु अधिकांश गरिब तथा विपन्न सुकम्बासी घर परिवारका सदस्य छन ।

बजेट नीति तथा कार्यक्रम .:

बर्दियाको मधुवन नगरपालिकाले चालु आर्थिक बर्ष २०७८-०७९ को बार्षिक नीति तथा कार्यक्रममा मानव बन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरण गर्न सम्भावित स्थानमा तारबारको ब्यवस्था गर्ने भनेको छ ।

जंगली जनावरको जोखिम भएको जंगल क्षेत्रमा घाँस, दाउरा गर्न जान पर्ने बाध्यतालाई न्यूनिकरण गर्न नगरवासीहरुलाई डालेघाँस, गोबरग्यास र सुधारिएको चुलो जस्ता बैकल्पिक कार्यक्रम संञ्चालन गर्ने नीति लिएको छ ।

मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बन्यजन्तुको बढी जोखिम भएका वडा नम्बर ३ र ७ लाई नगरपालिकाले प्राथामिकतामै राखेको बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘जोखिम भएका बस्तीमा विद्युतका पोलहरुमा बत्ति जडान गरिएको छ । दाउराका लागी जंगल जानुपर्ने स्थानीयको बाध्यतालाई कम गर्न गोबरग्यास निर्माणका लागी चालु आर्थिक बर्षमा ८ लाख रुपैंया बजेट बिनियोजन गरिएको छ । घाँसका लागी कृषि शाखाबाट पनि केही बजेट ब्यवस्था गरेका छौं ।’

यसैगरी ठाकुरबाबा नगरपालिकाले बन्यजन्तु पीडितका लागी सुरक्षित आवास कार्यक्रमलाई जोड दिएको छ ।

बन्यजन्तुको जोखिमलाई कम गर्न निकुञ्ज सँग सिमा जोडिएका अति प्रभावित क्षेत्रमा पक्कि घेरावार निर्माणको कार्यलाई निरन्तरता दिएको छ ।

बन्यजन्तु पीडित समेत गरी सुरक्षित आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षमा ६७ वटा घरहरु निर्माण गर्न प्रदेश सरकार सँग साझेदारी गर्ने गरी १ करोड ५० लाख रुपैंया बजेट प्रस्ताव गरिएको छ । तर पक्कि घेराबारको बजेट खुलाईएको छैन ।

गेरुवा गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८-०७९ को आफनो नीति तथा कार्यक्रममा बर्षौं देखी गेरुवा गाउँपालिका र बर्दिया राष्ट्रिय निकुञ्ज बीच रहेको सिमा विवादलाई टुंग्याउन आवाश्यक कदम चालिनेछ भनेको छ ।

भने बन्यजन्तुको आक्रमणबाट प्रभावित घरपरिवारलाई बसोबास उपलब्ध गराउन संघीय र प्रदेश सरकार सँगको साझेदारीमा सामूहिक आवास योजना कार्यक्रम संञ्चालन गर्ने बताएको छ ।

बन्यजन्तुको निरन्तर आक्रमणबाट गेरुवा गाउँपालिकामा भइरहेको मानवीय, आर्थिक क्षतिलाई न्यूनिकरण गर्न गाउँपालिकाको राष्ट्रिय निकुञ्ज तथा बन क्षेत्र सँगको करिब ३६ किलोमिटर सिमा क्षेत्रमा मेस वायर निर्माणका लागी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

– (फोटो क्याप्सन) बाघको आक्रमणबाट पशु चौपायमाथी भएको क्षति प्रतिनिधि मूलक फोटो गुलरिया, बर्दियाको, १० असोज २०७८ को घटना ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले भन्नुभयो, ‘अहिले मेस वायरको काम गरिरहेका छांै । हामी सँग आर्थिक कम हुन्छ, प्रदेश र संघीय सरकारले हेरेका छैन्न । निकुञ्जले हामी सँग केही स्रोत छैन, भन्छ ।’

अध्यक्ष केसीले आफूहरु दिर्घकालिन रुपमै समस्या समाधान होस भन्ने पक्षमा रहेको बताउनुभयो ।

बाँसगढी नगरपालिकाले मध्यवर्ति क्षेत्र तथा राष्ट्रिय निकुञ्जको सिमानामा बसोबास गरेका बासिन्दाहरुको बालीनाली लगायत अन्य कृषि उत्पादनहरु संरक्षित क्षेत्रबाट आउने जनवारहरुबाट हुने नोक्सानीको रोकथामका लागी बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गरी क्षतिपुर्तिका लागी ब्यवस्था एवं क्षति न्यूनिकरण गर्ने नीति लिएको छ ।

तर चालु आर्थिक बर्ष २०७८-०७९ मा कति बजेट भनेर खुलाएको छैन ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाले ‘राप्ती सोनारीको धन : वन र पर्यटन’ लाई मुर्तरुप दिन पर्यटन गुरुयोजना बनाई मुख्य पर्यटकिय क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसार गर्ने नीति लिएको छ ।

पर्यटनलाई युवा रोजगारी सँग जोडेको राप्तीसोनारीले जंगली जनावरबाट कृषकलाई हुने क्षति न्यूनिकरण गर्ने किसिमका कार्यक्रमहरु संञ्चालन गर्ने योजना बनाएको छ । तर बजेट भने खुलाएको छैन ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीले निकुञ्ज र बनले स्थानीय सरकार सँग समन्वय नगरेका कारण जोखिम सगैं क्षति पनि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो्, ‘हामीले गर्न सक्ने काम गरेका छौं, हामीले दिएका सुझाव, परामर्शहरु बन र निकुञ्जले मान्दै्नन । सडक, बस्ती नजिकका बन र निकुञ्ज क्षेत्रको झाडी सफाई गर्दा पनि धेरै जोखिम कम हुने थियो ।’

यता कोहलपुर नगरपालिकाले भने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्तिक्षेत्रका रुपमा रहेका वडा नम्बर १, २, १२ र १३ मा मानव बन्यजन्तु बीचको द्वन्द्घ न्यूनिकरण गर्न घेरबारका लागी तारजाली ब्यवस्था गर्ने नीति लिएको छ ।

पीडित सँग नगरपालिका भन्ने भावनाका साथ बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका ब्यक्तिको पीडित परिवारलाई प्रतिब्यक्ति १ लाख रुपैंया राहत उपलब्ध गराउने र संघीय सरकारबाट पीडित परिवारलाई उपलब्ध हुने राहत तथा बालीनालीको क्षतिपुर्ति दिने कार्यलाई सरल र छिटो–छरितो बनाउन बाँके राष्ट्रिय निकुञ्ज सँग आवश्यक समन्वय र सहजिकरण गर्ने उल्लेख गरेको छ ।

जसअनुरुप बन्यजन्तुको आक्रमणबाट मृत्युभएका आश्रित परिवारलाई राहत अनुदान कोषमा नगरपालिकाको आन्तरिक स्रोतबाट २ लाख रुपैंया ब्यवस्था गरिएको छ । मेसजाली निर्माणका लागी १० लाख रुपैंया विनियोजन गरिएको छ । जसको स्रोत ऋण हो ।

कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले जोखिम कम गर्न दिर्घकालिन योजनाका लागी नगरको एक्लो प्रयासले मात्र संम्भव नहुने बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘अरु छिमेकी पालिकाहरुको पनि साथ, संयुक्त कार्यक्रम योजनाले बन्यजन्तुहरुबाट क्षति न्यूनिकरण गर्न सकिन्छ । संघीय सरकारले दिर्घकालिन योजना कार्यक्रम ल्याए, स्थानीय सरकार साझेदारी गर्न तयार छ ।’

बाघ लगायतका हिंस्रक जंगली जनावरबाट विगतका बर्षहरुको भन्दा बढी मानवीय क्षति हुन थालेको भन्दै संयोजक परियारले निकुञ्ज नजिकका केही बस्ती स्थान्तरण गर्नुपर्ने, जोखिम रहेका क्षेत्रमा इलेक्ट्रिक जाली लगाउनु पर्ने, मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिई राख्नुपर्ने, सचेतीकरण सगैं जिविकोपार्जनका लागी जंगलमाथी निर्भर ब्यक्तिहरुको परनिर्भरता घटाउन संघीय सरकारले बैकल्पिक पेशा ब्यवासाय अपनाउन सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्ये पुरस्कार स्वरूप विसं १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिईएकोले चार जिल्लालाई नयाँ मुलुकको रूपमा पनि चिनिन्छ ।

खासगरी बर्दिया, बाँकेलाई जङ्गलै जङ्गल, पाटे बाघ, गैडा, हात्ती, कृष्णसार सहित जंगली जनावर र थारु बहुल क्षेत्र, ग्रामिण पर्यटनका दृष्टिकोणले महत्वपुर्ण मानिन्छ ।

सन् २०१८ को बाघ गणनाबाट बर्दियामा ८७ र बाँकेमा २१ वटा गरी १०८ वटा वयस्क बाघ रहेको निकुञ्जसँग तथ्याङ्क छ । २९ मंसिर देखी राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्र्तगत बर्दिया–बाँके कम्प्लेक्समा बाघ सर्वेक्षण कार्य शुरु गरिएको छ । यसपटक पनि बाघको संख्या बढ्ने निकुञ्ज कार्यालयको आकंलन छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मुकुन्द सन्जेलका अनुसार चालु आर्थिक बर्षको साउन देखी ६ पौष २०७८ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा ४ जना र डिभिजन वन कार्यालय अन्र्तगतको बन क्षेत्रमा १ जनाको बाघले आक्रमण गर्दा ज्यान गएको छ ।

यस्तै बाँके राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा चालु आर्थिक बर्षको साउन देखी पौष २७ गतेसम्मको अवधिमा ४ जनाको बाघको आक्रमण बाट ज्यान गएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले जानकारी दिनुभयो ।

मानवीय क्षतिप्रति निकुञ्ज गंम्भिर भएर लागेको भन्दै शाहले वनक्षेत्रमा जाने परम्परागत चलनलाई कम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामीले नियमित अनुगमन गरिरहेका छौं, नागरिकहरुले समयको ख्याल गरिदिनु पर्यो, खुला चरीचरण गर्नुभएन, घाँस, दाउरा, काठको वैकल्पिक उपायहरु अपनाउनु पर्यो ।’

विसं २०७७ को गणना अनुसार बर्दियामा ३८ वटा गैडा छन । यसैगरी १२० भन्दा बढी हात्ति रहेको अनुमान छ ।

– (फोटो क्याप्सन) डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजनल वन अधिकृत दधिलाल कँडेल।

बाघले कति बेला आक्रमण गर्छ .:

बाघले आक्रमण गर्ने कारण बारेमा डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेल भन्नुहुन्छ्् ‘बच्चा सँग भएको बाघले आफनो बच्चालाई आक्रमण हुने त्रासले गर्दा मान्छेमाथी आक्रमण गर्न सक्छ, अर्को बाघको संम्भोग (यौन क्रियाकलाप) सिजन हो भने संम्भोगमा डुलीरहेका भालेपोथिहरु लडिरहेको अथवा हिँडीरहेको बेलामा उसले डिस्र्टप महसुस गर्छ र, आक्रमण गर्न सक्छ । बाघले पर्याप्त शिकार नभेटीरहेको अवस्थामा पनि मान्छे जनवार केही नभनी आक्रमण गर्न सक्छ भने अर्को बाघ बुढो भयो भने पर्याप्त शिकार गर्न सक्तैन, त्यसले गर्दा जे भेट्यो तिनलाई आक्रमण गर्छ ।’

मान्छेको मासु, रगत खान बानी परेको म्यानइटर बाघ रहेछ भने पनि उसले अरु जनवार रुचाउदैन र, मान्छेलाई नै आक्रमण गर्छ भन्ने धारणा रहेको प्रमुख कँडेलले बताउनुभयो ।

#निकुञ्ज    #बाघ  #वन    

Next Post

बाँकेमा कोरोनाको संक्रमण दर ६४.०७ प्रतिशत पुग्यो

२०७८ माघ ६, बिहीबार १३:३८
संवाददाता, नेपालगंज। बाँकेमा कोरोनाको संक्रमण दिन प्रति दिन बढ्दै गएको छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँके ले आज सार्वजनिक गरेको विवरण अनुसार फेरी १०७ जना नयाँ संक्रमित थपिएका छन । बाँकेका ३ वटा ल्यावमा गरिएको १६७ जनाको जाँचमा सबैभन्दा बढी भेरी अस्पताल नेपालगंजको प्रयोगशालाबाट ७० जना संक्रमित फेला […]