मतदाताले दिएको हौसला हेर्दा जितको संघारमा पुगिसकेका छौ : खजुरा गठबन्धन

  ।   २०७९ बैशाख २३, शुक्रबार १६:११


खजुरा । बाँकेको खजुरा गाउँपालिकामा निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनको जित निश्चित रहेको महसुस उम्मेदवारहरुले गरेका छन । मतदाताहरुले दिएको साथ, समर्थन, हौसला र आर्शिबादले आफूहरुलाई उत्साहि बनाएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले बताएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर २ मा शुक्रबार निकालिएको शक्ति प्रदर्शन एवम् घरदैलो कार्यक्रमले गठबन्धन चुनाव जित्नका लागि थप बलियो देखिएको हो । खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि नेकपा माओबादी केन्द्रबाट डम्बर विकको उम्मेदवारी रहेको छ । उहाँ माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवारमा मञ्जु मल्लले प्रतिनिधित्व गर्नु भएको छ ।

खजुरा गाउँपालिकाको सबै स्थानमा गठबन्धनले शक्ति प्रदर्शन गर्दै घरदैलो कार्यक्रम गरीरहको छ । जस अन्तर्गत आज वडा नम्बर २ मा घरदैलो गर्दै शक्ति प्रदर्शन समेत गरिएको हो । रिमझिम चोकदेखि निकालिएको शक्ति प्रदर्शनको र्‍यालीमा ५ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।

जनतासँग मत माग्ने क्रममा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर बिक र उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले खजुराको विकासका लागि सहि व्यक्तिको छनौट गर्न अपिल गर्नुभएको भएको छ । उहाँहरुले जनतासँग यसअघि पनि खजुरा वासीले माओवादी र कांग्रेसलाई समर्थन गर्दै आएकोले यसपटक अधिक मतले विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको भयो ।

Next Post

भारत कोभिड : कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या किन कहिल्यै पत्ता नलाग्न सक्छ

२०७९ बैशाख २३, शुक्रबार १६:११
संवाददाता । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको एउटा नयाँ प्रतिवेदनका अनुसार भारतमा सरकारी आँकडाको तुलनामा करिब १० गुणा बढी मानिसको कोरोनाभाइरस महामारीका कारण ज्यान गएको छ । भारत सरकारले उक्त तथ्याङ्कलाई अस्वीकार गर्दै अनुसन्धान विधिमा त्रुटि रहेको बताएको छ । सन् २०२० को नोभेम्बरमा सबै कारणले हुने मृत्युको तथ्याङ्कहरू उपलब्ध गराउने […]