विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बाँकेको सचिवालय बैठक सम्पन्न

  ।   २०८० आश्विन ७, आईतवार १८:२४

बाँके । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिनु भयो ।

जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बरालले जानकारी दिनुभयो ।  बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।          बैठकमा सहभागि ८ वटै पालिकाका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेको सचिव बरालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य एवं नरैनापुर गाउँपालिका इन्चार्ज प्रकाश सुवेदी (चन्द्रकान्ता) लाई विषेश सम्मान गरिएको थियो ।

Next Post

साँझ पख त्रिभुवन चोकमा च्याउ किन्नेको भीड

२०८० आश्विन ७, आईतवार १८:२४
-फोटो प्रेम विश्वकर्मा । संवाददाता, नेपालगंज । भान्सामा तरकारीका रुपमा प्रयोग हुर्दै आएको च्याउको मूल्य यतिबेला केही घटेको पाईएको छ । केही महिना अघि सम्म एक किलो च्याउको २ हजार ४ सय रुपैयाँ सम्म विक्री गरेका च्याउ व्यापारीले आइतबार साँझ सम्म एक किलोको ६ सय रुपैयाँदेखी ८ सय रुपैयाँसम्म विक्री गरेका […]