स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउन स्वास्थ्य सेवा प्रदायकलाई प्रशिक्षण

  ।   २०८१ फाल्गुन ९, शुक्रबार १२:२६

नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नौ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायककालागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।

स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउनकालागी प्लान इन्टरनेसनल नेपाल र बाँके यूनेस्को क्लबको साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका बारे जानकारी गराउने उद्देश्यले संचालित सो तालिममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बातावरणमा उपचार पाउनुका साथै स्वास्थ्यकर्मी र स्थानियविच एक अर्कामा सहकार्य गर्ने वातावरण निर्माण, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा, किशोरी माथि हुने हिंसा, बाल विवाहको कारण, असर र रोकथामका लागि स्वास्थ्य संस्थाको भूमिकाका बारेमा प्रशिक्षक कमल भट्टराइले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले नेपाल सरकारले दिएको मापदण्ड तथा निती निर्देशनमा रही सबै स्वान्थ्यकर्मीले काम गर्नु पर्ने बताउनु भयो । उहाँले किशोरीमैत्री सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरुले योजना बनाउनु पर्ने सुझाव पनि दिनु भयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै पालिकाका उपाध्यक्ष्य लक्ष्मी अधिकारीले किशोर किशोरी मैत्री स्वास्थ्य सेवामा पहुच बृद्धि गर्नकालागि योजना अनुरुप कार्य गर्नुका साथै समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । तालिमको अन्त्यमा किशोरकिशोरी तथा अपांगता मैत्री स्वास्थ्य सेवालाइ चुस्त दुरुस्त बनाउनुका साथै सेवामा पहुँच बढाउने कार्ययोजना समेत निर्माण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, रमेश पौडेल, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिक र फिल्ड कर्मचारी राम बहादुर थारुको समेत उपस्थिति रहेको थियो ।

Next Post

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक, सदभाव पूर्ण तरिकाले रमादान मनाउन अपिल

२०८१ फाल्गुन ९, शुक्रबार १२:२६
बाँके १० फाल्गुन । दारुल फैजुन्नबी जामा मस्जिद ईदगाह संचालक समितिले रमादान महिना २०८१ को इफ्तार र सेहरीको कार्यतालिका समेटेर क्यालेन्डर सार्वजनिक गरेको छ । समितिको दोस्रो पूर्ण बैठक पश्चात मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँ सहित कार्यसमितिका पदाधिकारीहरुले रमादानको क्यालेन्डर सार्वजानिक गरेको प्रवक्ता आलम खानले जानकारी दिनु भयो । […]