जापानबाट भोलि अस्ट्राजेनिका खोप आइपुग्दै

  ।   २०७८ भाद्र ४, शुक्रबार ०६:४२


काठमाडौं | जापानले अनुदानमा दिएको ६ लाख डोज अस्ट्राजेनिका खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको भनाइ छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन्।

Next Post

आजदेखि काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

२०७८ भाद्र ४, शुक्रबार ०६:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउने भएको छ। महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोप दिन लागेको हो। आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज […]