लकडाउन भन्दा टेष्ट, जनशक्ति, स्वास्थ्य उपकरण ब्यवस्थापनमा जोड गरौं : डाक्टर राजेश कुमार मन्डल

  ।   २०७८ बैशाख २, बिहीबार १६:०६

संवाददाता, नेपालगंज ।

भेरी अस्पताल नेपालगंजमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर राजेश कुमार मन्डलले कक्षा ५ सम्मका बालबालिकाहरुको विदा गरी सोभन्दा माथील्लो कक्षामा स्वास्थ्य सुरक्षा सावधानी अपनाउदै कक्षा संञ्चालन गर्न सकिने विचार ब्यक्त गर्नुभएको छ ।

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्नुहुदै डाक्टर राजेशले भन्नुभयो, ‘एउटा बेन्चमा दुई जना मात्र राख्न सकिन्छ, मास्क, सेनिटाइजरको प्रयोग, सरसफाई र आउजाउका बेला पनि सुरक्षा सावाधानी अपनाउनु पर्छ ।

यदी सकिन्न भने त पुरै विद्यालय बन्द गर्नु नै उचित हुन्छ ।’ डाक्टर राजेशले लकडाउन तत्काल गरिहाल्नु पर्ने अवस्था नभएको तर अस्पताल र स्वास्थ्य संस्थामा आवाश्यक जनशक्ति र स्वास्थ्य सामाग्री, उपकरणहरुको परिपुर्तिमा ध्यान दिन संम्बन्धित सरोकारवाला निकायलाई सल्लाह दिनुभयो ।

कोरोना जाँच (टेष्ट) को कामलाई बढाउने, आइसोलेशन सेन्टरहरु स्थापना गर्र्ने, अक्सिजन चाहिनेलाई मात्र अस्पताल र नचाहिनेलाई कम्युनिटी आइसोलेसन सेन्टर, अथवा होम आइसोलेशनमा राख्ने ब्यवस्था मिलाउने, मानिसहरुको अनावश्यक आउजाउलाई कम गर्नुपर्ने उहाँको भनाई छ ।

कोभिड–१९ बिरुद्धको खोप लगाएका ब्यक्तिहरुलाई समेत कोरोनाको संक्रमण देखिएकाले विगतमा जस्तै फेरी पनि सुरक्षा सावधानी अपनाउनु बाहेक अर्को विकल्प नभएको डाक्टर राजेशले बताउनुभयो ।

सुन्ने खबरका लागी साथी प्रेम विश्वकर्माले भेरी अस्पताल नेपालगंजमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर राजेश कुमार मन्डल सँग गर्नुभएको स्वास्थ्य बिशेष कुराकानी सुनौं अबको पालोमा…

कोभिड -१९ बिशेष कुराकानी सुन्न यहाँ जानुहोस..

https://anchor.fm/nepaliyourpartner/episodes/—_Dr-Rajesh-Kumar-Mandal-euurcu

 

Next Post

युनेस्कोद्धारा जिविकोपार्जन परियोजना बारे मधुवनका जनप्रतिनिधिसंग अन्तरक्रिया

२०७८ बैशाख २, बिहीबार १६:०६
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरेको जिविकोपार्जन परियोजनाबारे विस्तृत छलफलका लागि नगरपालिकाका जनप्रतिनिधिहरुसंग विहिबार एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरयो । मधुवन नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरणमा नगरपालिकाका मेयर, उप मयेर, प्रशासकिय प्रमुख, वडा अध्यक्षहरु, पशु शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो । […]