मंसिर १५ गतेभित्र बञ्चरे डाँडामा फोहोर विसर्जन गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

  ।   २०७७ कार्तिक १५, शनिबार १६:२८

काठमाण्डौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभएको हो । पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उहाँले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिनुभएको थियो ।

काठमाण्डौ र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ पालिकाको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केही दिनभित्रै फोहोर विसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन बञ्चरेडाँडा पुग्नुभएको हो ।

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । १३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भैरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाण्डौ महानगरपालिकाबाट मात्र दैनिक झण्डै ७ सय मेट्रिक टन फोहर विसर्जन भैरहेको छ ।

Next Post

ओली र प्रचण्डबीच ११ दिनपछि भेटवार्ता, ओलीले 'एकलौटी' गरेको प्रचण्डको गुनासो

२०७७ कार्तिक १५, शनिबार १६:२८
काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड आज भने बालुवाटार जानुभएको र अहिले छलफल भइरहेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सरकारले गर्ने […]