ओली र प्रचण्डबीच ११ दिनपछि भेटवार्ता, ओलीले ‘एकलौटी’ गरेको प्रचण्डको गुनासो

  ।   २०७७ कार्तिक १५, शनिबार १६:३१

काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक बोलाउँदा पनि बालुवाटार नगएका कार्यवाहक अध्यक्ष प्रचण्ड आज भने बालुवाटार जानुभएको र अहिले छलफल भइरहेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आउनुभएको छ । अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आउनुभएको थियो ।

आजको भेटमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र पर्सा घटना लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बोलीमा एउटा कुरा भन्ने र व्यवहारमा अर्को निर्णय गरेको भन्दै प्रचण्डले गुनासो गर्नुभएको छ ।

Next Post

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघ्यो

२०७७ कार्तिक १५, शनिबार १६:३१
काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई […]

सम्बन्धित शीर्षक