बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:४०

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

Next Post

यसपालि टीका थाप्दा विशेष ख्याल गरौँ : स्वास्थ्य मन्त्रालय

२०७७ आश्विन १६, शुक्रबार १८:४०
काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उहाँहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर […]