मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष चासो (पूर्ण पाठ)

  ।   २०७८ श्रावण २९, शुक्रबार १७:१२

काठमाण्डौ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

यस्तै कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मत–सम्भारका लागि थप दुई लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम (रेमिट्यान्स) बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा अहिले पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।

माैद्रिक नीतिकाे पूर्ण पाठ 

Next Post

जाजरकोटका बालबालिकाको पोषणभत्ता फ्रिज : नगरपालिका वा बैंकको लापरबाही ?

२०७८ श्रावण २९, शुक्रबार १७:१२
सुर्खेत । आर्थिक वर्ष २०७७/७८ को पोषणभत्ता पाउनबाट जाजरकोटका बालबालिका बञ्चित भएको विषयमा छानबिन सुरू भएको छ। भेरी नगरपालिकाका ९२० जना बालबालिका पोषणभत्ता पाउनबाट बञ्चित भएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले छानबिन गरिरहेको छ। बालबालिका पोषणभत्ता पाउनबाट बञ्चित भएपछि विभिन्न बालबालिकासँग सम्बन्धित रहेर काम गर्ने गैरसरकारी संस्था तथा नागरिक समाजबाट राष्ट्रिय […]