नेपालमा एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ कोरोना सङ्क्रमित थपिए

  ।   २०७७ कार्तिक १६, आईतवार १६:४९

काठमाण्डौ । नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १३ हजार २३ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार ६ सय २० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।

अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

Next Post

कोरोनाबाट बाँकेका एक ४० वर्षीय पुरुषको मृत्यु, मृतक संख्या ३२ पुग्यो

२०७७ कार्तिक १६, आईतवार १६:४९
बाँके । बाँकेमा कोरोनाका कारण ४० वर्षीय पुरुषको आइतबार मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहनु भएका खजुरा गाउँपालिका वडा नं. ३ का ४० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत […]