तालिमका सहभागीहरुले समिक्षा बैठकमा भने ´स्टीक एण्ड स्टोन सेसनको अझै आवश्यकता छ`

  ।   २०७९ फाल्गुन १७, बुधबार २१:३२


समाचारदाता
नेपालगञ्ज । बाँके युनेस्को क्लबको आयोजनामा बुधवार नेपालगञ्जमा समिक्षा, प्रतिविम्ब र फ्लोअप बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र नेपाल सरकारको सहकार्यमा क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।

बाँकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भगवान पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा जिल्लाका चार वटा पालिकाका शिक्षकहरु र पालिकाको शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैठकको मुख्य उदेश्य प्लान इन्टरनेशनलको सहयोगमा क्लबद्धारा ईश्वि सम्वत २०१९ साल देखि हालसम्म विभिन्न विद्यालयका शिक्षकहरुलाई प्रदान गरिएको स्टीक एण्ड स्टोन सम्बन्धि प्रशिक्षक तालिमबाट उनिहरुले विद्यालयमा दिएको प्रशिक्षणको समिक्षा गर्नु र आगामी दिनको कार्यक्रम बनाउनु रहेको परियोजना अधिकृत विनिता आरसीले बताउनुभयो ।     
बैठकमा प्रशिक्षक तालिम लिएका शिक्षकहरुले विद्यालयमा स्टीक एण्ड स्टोन प्रशिक्षण दिएको र सो प्रभावकारी रहेको ठहर गर्दै आगामी दिनमा जिल्लाका आठ वटै पालिकामा त्यस्ता तालिमहरु दिनुपर्ने, कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, तालिमबाट भएको सकारात्मक असरहरुको मुल्यांकन र दस्तावेजीकरण गरेर स्थानीय सरकारलाई बुझाउनु पर्ने सहमति बनेको परियोजनाका फिल्ड सुपरभाइजर शंकरसिंह थारुले जनाउनुभयो ।

शिक्षकले तालिम लिएपछि स्टीक एण्ड स्टोन सेसन चलाएका विद्यालयहरुको अन्तिम सर्वे गरेर सोही विद्यालयमा पेश गर्नुपर्ने निर्णय पनि बैठकमा गरिएको थियो । सो बैठकमा प्लान नेपालका सन्तोष पुलामीले स्टीक एण्ड स्टोन सेसनको प्रि टेस्ट र पोष्ट टेस्टको पनि मूल्यांकन गर्ने कार्य भैरहेको जानकारी दिनुभयो ।         

बैठकमा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले कार्यक्रमको जानकारी गराउनुका साथै परियोजनाको उदेश्य पनि प्रष्टाउनु भएको थियो भने सामाजिक व्यवहार परिवर्तन सञ्चार सहजकर्ता रन्जना विकको पनि सहभागिता रहेको थियो ।

Next Post

कक्षा–१२ को परीक्षा वैशाख २६ गतेदेखि सुरु हुने

२०७९ फाल्गुन १७, बुधबार २१:३२
संवाददाता । कक्षा–१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम […]