मानव बेचबिखन नियन्त्रणका लागि बर्दिया मधुवनमा सामूहिक प्रतिबद्धता

  ।   २०८२ फाल्गुन ३०, शनिबार १३:४२

नेपालगन्ज,। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवनस्थित भृकुटी माध्यमिक विद्यालयमा बालअधिकार, बाल संरक्षण, समावेशी सिाइ कवातावरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा बालअधिकार र बाल संरक्षणबारे सचेतना अभिवृद्धि गर्नु, बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु तथा मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्नु रहेको क्लबले जनाएको छ । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, बाल क्लबका सदस्यहरू, प्रधानाध्यापक तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बीकेले अभिमुखिकरणमा सहजीकरण गर्दै बालबालिकाका मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणको आवश्यकता, समावेशी शिक्षण अभ्यास तथा मानव बेचबिखनका जोखिम र त्यसका रोकथामका उपायबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । उहाँले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समग्र विकास र कल्याण सुनिश्चित गर्न सक्नेमा जोड दिनुभयो ।

कार्यक्रम फिल्ड सुपरभाइजर सबित्रा भट्टले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापकले विद्यालयलाई बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरणयुक्त संस्था बनाउनेतर्फ विद्यालयले गरिरहेका प्रयास र प्रतिबद्धताबारे जानकारी दिनुभएको थियो ।

Next Post

राजापुरमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक

२०८२ फाल्गुन ३०, शनिबार १३:४२
नेपालगन्ज,  । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो । बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको […]

सम्बन्धित शीर्षक