बिहीबारदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव हुँदै, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  ।   २०८१ माघ ८, मंगलवार २०:१५

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ ।

मंगलबार नेपालगन्जमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो । महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा खर्च १ करोड हुँदा करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । करिव ३ लाख जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीले महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्गसहितको सांस्कृतिक प्रस्तुती रहनेछ ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सलका गरी ३५० वटा स्टल हुने रहने संघका प्रवक्ता तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक डम्बरबहादुर चन्द बताउँनु हुन्छ । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ७० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँको टिकटको ब्यवस्था गरिएको छ ।

फोटो क्याप्सन
प्रादेशिक महोत्सव २०८१ को तयारी बारे नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर धामी

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ती
आदरणीय पत्रकारज्यूहरु,
पश्चिम नेपालमा आर्थिक क्षेत्रको विकासका लागि सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपालगन् ज उद्योेग वाणिज्य संघल साढे दुई दशकदेखि मेला, प्रदर्शनी र महोत्सव आयोजना गर्दै आएको छ । सुरु सुरुमा व्यापार मेला, त्यसपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव र संघीयतापछि संघले प्रादेशिक महोत्सव आयोजना गर्दै आएको कुरा सर्वविदितै छ । यो वर्ष नेपालगंज उद्योग वाणिज्य संघको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यहि २०८१ माघ १० गतेदेखि नेपालगंज उप महानगरपालिका–१८ सडक डिभिजन कार्यालय परिसरमा उद्योग, व्यापार कृषि जडिबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यवसायीक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव– २०८१ आयोजना गर्न लागेको छ । यही  माघ १० गते बिहीबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछन् । कृषि, पर्यटन, अटो मोबाइल्सलका पनि स्टल हुनेछन् । सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम् प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिनेछ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको बेजोड सांस्कृतिक प्रस्तुती हुनेछ ।

एकल नृत्य प्रतियोगिता सम्बन्धी विद्यालय स्तरीय नृत्य तारा  ९क्ष्लतभच क्अजयय िम्बलअष्लन क्तबच० हुँदैछ । विभिन्न जातीय पहिचान झल्काउने सामूहिक नृत्य हेर्न पाइनेछ । राष्ट्रिय र स्थानीय कलाकारले लाइभ दोहोरीबाट मनोरञ्जन प्रदान गर्नेछन् । ३५० वटा स्टल रहने महोत्सवमा ३ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  कोरोना महामारी र त्यसपछिका आर्थिक मन्दीको मारमा परेका पश्चिम नेपालका, उद्यमी, उद्योगी र व्यवसायीहरुलाई एउटै थलोमा राखेर आर्थिक समृद्धि सम्बन्धी विचार, विमर्श गर्ने, स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण र बिक्री गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन महोत्सवले भूमिका खेल्ने हामीले अपेक्षा गरेका छौं । महोत्सवलाई भव्य रुपमा सफल बनाउनसम्पूर्ण उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, आमनागरिक सबैसँग हामी अपिल गर्दछौं ।
महोत्सवका आकर्षणहरु

कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाइल्स लगायतका ३५० वटा स्टल
सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम् प्रविधिको प्रदर्शनी
विदेशी उद्यमशाला तथा उद्योगको प्रदर्शनी
थारु भिलेज
विद्यालय स्तरिय नृत्य तारा ९क्ष्लतभच क्अजयय िम्बलअष्लन क्तबच०
ख्याती प्राप्त कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्ग सहितको सांस्कृतिक कार्यक्रम
रोजगार प्रवद्र्धन सम्बन्धी प्रदर्शनी
मनोरञ्जनका लागि बालउद्यान आदि
टंक बहादुर धामी
संयोजक, मूल समिति
प्रादेशिक महोत्सव २०८१

Next Post

बाँकेको कोहलपुरमा अलुम्नाई मिटअप

२०८१ माघ ८, मंगलवार २०:१५
नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) सँग भेटघाट कार्यक्रम गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज बाँकेको कोहलपुरमा उक्त अलुम्नाई मिटअप गरिएको हो ।अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान गर्ने र अलुम्नाईसँगको […]

सम्बन्धित शीर्षक