नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) सँग भेटघाट कार्यक्रम गरिएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज बाँकेको कोहलपुरमा उक्त अलुम्नाई मिटअप गरिएको हो ।अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्धेश्यले उक्त मिटअप गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले अलुम्नाईहरुसँग भेटघाट र अनुभव आदान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भएको हो । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बालिका शिक्षा कार्यक्रमसँग जोडिएका बालिकाहरुमा आएको आत्मविश्वास र सफलता सुन्दा उत्साहीत भएको बताउनु भयो।
बास नेपाल बालिका शिक्षा कार्यक्रमका बरिष्ठ सामाजिक परिचालक शोभा भण्डारीले सहजिकरण गरेको कार्यक्रममा क्यारीयर काउन्सीलिंग र उत्प्रेरणाका बिषयमा परियोजना संयोजक हेमराज भट्टले प्रश्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा बालिका शिक्षा कार्यक्रममा आबद्ध किशोरीहरुको सफलताको कथा सहित रुम टु रिडले तयार पारेको भिडियो क्जभ ऋचभबतभ ऋजबलनभक देखाईएको थियो । कार्यक्रमका सहभागि अलुम्नाई ममता बुढा, सरिता न्यौपाने, संगिता सार्की, निशा बिष्ट, राजमती थारु, महिमा योगी, शान्ती बुढा, करिष्मा बिक, निर्मला सापकोटा, मनिषा चौधरी, कल्पना मल्ल लगायतले आफ्नो अनुभव आदान प्रदान गरेका थिए ।
अनुभव आदान प्रदान गर्दै अल्मुनाईले बालिका शिक्षा कार्यक्रमले जिवन जिउने कला, बोल्ने कला, निर्णय गर्ने क्षमता, जिवनका आवश्यकतालाई प्राथमिकिकरण कसरी गर्ने, आफुलाई परेको समस्यालाई कसरी समाधान गर्ने लगायतका बिषयमा सहयोग गरेको बताउनु भएको थियो । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदान प्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम अन्तरगत पूर्ब अलुम्नाई तथा सामाजिक परिचालक सिता कुमारी चौधरीले बालिका शिक्षा कार्यक्रममा आबद्ध भए पछिको अनुभव आदान प्रदान गर्नु भएको थियो । कार्यक्रममा ५० अलुम्नाईको सहभागिता रहेको थियो ।
कोहलपुर, राप्तीसोनारी र बैजनाथका विभिन्न बिद्यालयहरुबाट कक्षा १२ पास गरी क्याम्पस तथा विभिन्न क्षेत्रका कार्यरत बालिकाहरुलाई एकै ठाँउमा भेला गराएर कार्यक्रम गरिएको थियो । कार्यक्रममा बास नेपालका लेखा अधिकृत हंस बहादुर शाही, बरिष्ठ सामाजिक परिचालक रचना चौधरी, सबिता सुनार र सुस्मिता लामाको सहभागिता रहेको थियो ।