आईपीएल : राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

  ।   २०७७ कार्तिक १०, सोमबार ०७:०४

काठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।

राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा छ ।

यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

Next Post

कोरोना सङ्क्रमण बढ्दै गएपछि स्पेनमा आपतकालीन अवस्था घोषणा

२०७७ कार्तिक १०, सोमबार ०७:०४
एजेन्सी । स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभयो । उहाँले कर्फ्यू आजै रातिदेखि लागू हुने जानकारी दिनुभएको छ । […]

सम्बन्धित शीर्षक