प्रधानमन्त्री पर्चण्डले भन्नुभयो´रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन `

  ।   २०८० कार्तिक २४, शुक्रबार २१:२५

रोल्पा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताउनुभएको छ।

शुक्रबार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।”

“गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैन” प्रधानमन्त्रीले भन्नुभयो, “मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको छ। तपाईहरूले सुन्नुभएकै होला, थुप्रै भ्रष्टाचारीहरू जेलमा छन्, भूमाफियाहरूमाथि कार्वाही थालिएको छ। जनताको आशा र विश्वासको वातावरण बन्दै गएको छ।” सो जनसभामा नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताउनुभयो।

जनशक्ति आपूर्तिमा सहयोग गर्छु जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा प्रधानमन्त्रीले भन्नुभयो, “रोल्पामा विकासका काम एकपछि अर्को अघि बढ्दैछन्। आज ५० शय्याको अस्पतालको उद्घाटन भएको छ। सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु। अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नेछ।
सो अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दल र नागरिक मिलेर मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानुपर्ने बताउँदै सरकारले त्यसको नेतृत्व गरिरहेको प्रष्टाउनुभयो।

गाउँपालिका इञ्चार्ज भएर थवाङको बैठक सम्पन्न शुक्रबार बिहान रोल्पाको थवाङ गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थवाङ गाउँपालिकाको बैठकको इञ्चार्जसीप गर्नुभयो। माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान”मा अध्यक्षले सातवटै प्रदेशका एक/एक वटा वडाको जिम्मेवारी लिने निर्णयअनुसार उहाँले थवाङ गाउँपालिकाको इञ्चार्जसीपको भूमिका खेल्नुभएको हो।शुक्रबार सम्पन्न गाउँपालिकास्तरीय प्रशिक्षणमा प्रधानमन्त्रीले पालिका इञ्चार्जको रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका साथै सम्बोधन समेत गर्नुभयो।

Next Post

चोरेर लगेको समान फिर्ता

२०८० कार्तिक २४, शुक्रबार २१:२५
खजुरा । बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ […]

सम्बन्धित समाचार