काठमाडौँ । नयाँ अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषद्को पहिलो बैठक अनिर्णित भएको छ । अत्यन्त आशंका र त्रासकाबीचमा सकिएको बैठकले कुनै निणर्य नगरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले जानकारी दिनुएको छ ।
बैठकमा संवैधानिक निकायहरुमा नियुक्तीका लागि सिफारिस गर्ने पात्रहरुका बारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बैठक आज (बुधबार) फेरी प्रधानमन्त्री निवास बालुवाटरमै बस्ने तय भएको छ ।
बैठकमा परिषद अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामात्रै उपस्थित हुनु भएको थियो ।
अर्का सदस्यद्धय प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी हुनुभएको थिएन । उहाँहरुले प्रधानमन्त्रीले कुनै परामर्श विना संविधान विपरितको अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाउदै बैठक बहिस्कार गर्ने बैठक अघिनै जानकारी दिनुभएको थियो ।
उहाँहरुको अनुपस्थीति विना बसेको बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानु भएको थियो । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलि बिच पौने ८ बजेदेखि पौने ९ बजेसम्म भेटबार्ता भएको थियो । ओलीले अध्यादेश ल्याएकोप्रति सवै राजनीतिक दल, नागरिक अगुवा, राजनीतिक विश्लेषकलगायत सवैले विरोध जनाएका छन् ।