कर्णाली पत्रकार महासंघ सर्वसम्मत बनाउने प्रयास

  ।   २०८१ जेष्ठ १३, आईतवार १९:५७

सुर्खेत । कर्णालीमा नेपाल पत्रकार महासंघलाई सर्वसम्मत बनाउने प्रयास स्वरुप छलफलको सुुभारम्भ भएको छ । आईतबार सुर्खेतमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पहलमा कर्णालीमा रहेका क्रियाशिल संघ संगठनहरुका प्रदेशमा रहेका नेतृत्वहरु बिच छलफल भएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनका कर्णाली प्रदेशका नेतृत्वहरु बिच नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई सबैको साझा संगठनका रुपमा सर्वसम्मत गर्नुपर्ने विषयमा छलफल भएको प्रेस सेन्टरका कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार पत्रकार महासंघले श्रमजिवी पत्रकारका मुद्दामा साझा रुपमा लड्नुपर्ने दायीत्व भएकाले महासंघलाई दलिय व्यवस्था जस्तो पक्ष र विपक्ष बनाउन नहुनेमा सहभागी एकमत देख्एिका छन् । सर्वसम्मत पत्रकार महासंघ बनाउनका लागि छलफललाई निरन्तरता दिने सहमति समेत बनेको शर्माले जानकारी दिनु भयो।

छलफलमा पत्रकार तथा सञ्चार क्षेत्रसंग सम्बन्धित काम प्रदेश सरकार मार्फत हुन नसकेको भन्दै कर्णाली प्रदेश सरकारको गम्भिर रुपमा ध्याणाकर्षण गर्ने निर्णय समेत भएको छ । जसका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नेतृत्वमा सबै संघसंगठनहरु प्रदेश सरकारलाई दवाव स्वरुप संयुक्त रुपमा ज्ञापन पत्र बुझाउनका लागि सहमत भएका हुन । “महासंघ कर्णाली प्रदेशको नेतृत्व सर्वसम्मत गर्नका लागि छलफललाई निरन्तरता दिने र प्रदेश सरकारले मिडिया विकास र पत्रकारको वृति विकास लगायतका लागि आम सञ्चार प्रतिष्ठान बनाउनका लािग प्रदेश सरकारको ध्याणाकर्षन गराउने निर्णय भएको छ ।” सेन्टर अध्यक्ष शर्माले भन्नु भयो ।

Next Post

प्रेस युनियन बाँकेको स्थापना दिवसमा ५५ बढीको स्वस्थ्य परिक्षण

२०८१ जेष्ठ १३, आईतवार १९:५७
नेपालगञ्ज । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा बाँकेमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । युनियन बाँकेले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुका लागि आज नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको हो । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा संचालन भएको शिविरको उद्घाटन शत्रमा बोल्दै नेपाली […]