लुम्बिनी प्रदेशको राजधानीका दुई गाउँ जोड्न नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

  ।   २०७७ कार्तिक १८, मंगलवार २१:५१

दाङ । लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ को बडहरा र राप्ती गाउँपालिका ३ को खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।

यो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका ९साइड विङ० का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् । प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।

पानीमाथि फुटपाथसम्मको पिलरको उचाइ १२ मिटर र फुटपाथदेखि माथि ३५ मिटर उचाइको पाँच वटा टावर रहने छन् । पहिलो पिलरदेखि दोस्रो पिलरसम्मको दुरी तीन सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०र९० मिटरको दुरीमा रहने छन् । त्यसै गरी अन्य पिलरका दुरी ९९र९९ मिटर दुरीमा रहने छन् । यो पुल नेपालको तेस्रो लामो झोलुङ्गे पुलका रुपमा चिनिने भएको छ ।

नेपालमा पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको दोधारा–चाँदनी हो, जसको लम्बाइ एक हजार चार सय ४० मिटर रहेको छ । दोस्रो लामो झोलुङ्गे पुल इलाम जिल्लाको माई खोलामा निर्माण भइरहेको छ, जसको लम्बाइ आठ सय २० मिटर रहेको छ । यी दुवै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाण्डौले पाएको छ ।

राप्ती नदीमा निमार्ण कार्य सुरु भएको झोलुङ्गे पुलको कुल लागत आठ करोड २७ लाख रहेको निर्माण सेवाका साइट इन्चार्ज विक्रम बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि डेढ वर्षमै निर्माण सम्पन्न गरिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

बडहरा–खुरुरीया जोड्ने राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती नदी दक्षिणका गढवा गाउँपालिका १ बडहरा, बनघुस्री, बनबारी, चिमचिमे, पत्रिङ्गा, जेठानगाउँ, पचाहा र राप्ती नदी उत्तरका राप्ती गाउँपालिका ३ खुरुरीया, वसन्तापुर बागढड्डी, वडा नम्बर २ का कटाहा, लालमटिया, बराखुट्टी लगायतका स्थानीयलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखुरी उपत्यका अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुनेछ ।

यो पुल निर्माण कार्य सुरु भएपछि आफूलाई धेरै खुसी लागेको बडहरा निवासी तथा तत्कालीन संविधान सभाका सभासद रश्मीराज नेपालीले बताउनुभयो । त्यस्तै २००७ सालदेखि, आफ्ना बाउबाजेको पालादेखि अहिलेसम्म डुङ्गा र पौडी खेलेर नदी पार गरेका दुर दिन अब हट्छन कि भन्ने आशा पलाएको खुरुरीया निवासी वरिष्ठ समाजसेवी एवम् राष्ट्रिय जनमोर्चाका नेता लालमणि शर्माले अभिव्यक्ति दिनुभएको छ । उज्यालो अनलाइन

Next Post

हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

२०७७ कार्तिक १८, मंगलवार २१:५१
एजेन्सी । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा […]