५ बर्षमा लाहुरामले केही गर्न सकेनन् अब त पट्टु थारु नै रोजाइमा छन्: मतदाता

  ।   २०७९ बैशाख १९, सोमबार २०:४७

नेपालगन्ज । राप्तिसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जनताको हितमा काम गर्न नसकेको भन्दै अबको रोजाइ माओवादी केन्द्रका नेता पट्टु थारुलाइ मतदान गर्ने मतदाताहरुले बताउन थालेका छन् । राप्तिसोनारीमा यतिखेर नजिकिदै गरेको बैशाख ३० गतेको चुनाव लक्षित घरदैलो कार्यक्रममा सो कुरा मतदाताले बताएका हुन् ।

गत ५ बर्षमा नेपाली कांग्रेसका तर्फबाट जित हासिल गरेका नेता लाहुरामले कामगर्न सकेनन् भन्दै राप्तिसोनारीका जनताले तिब्र गुनासो गरेका छन् । यसपटक नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार पट्टु थारुला साथ दिने प्रतिबद्धता राप्तिसोनारी बासीले गरेका छन् ।  राप्तिसोनारी माओवादीको आधार इलाका भएकोले पनि राप्तिसोनारीमा माओवादी केन्द्र आफैमा बलियो शक्तिका रुपमा देखिएको जानकारहरु बताउँछन् ।

राप्तिसोनारीबाट लामो समय देखि राजनीतिकलाई सेवाका रुपमा काम गर्दै आउनुभएका पट्टु थारुको पक्षमा माहोल बन्दै गएको बुज्रकहरुले बताउने गर्छन् । राप्तिसोनारी थारुहरुको बाहुल्यता भएको क्षेत्र भएकाले पनि पट्टु थारु बलियो भएको नेता कार्यकर्ताहरु बताउँछन् ।  जनताका लोकप्रिय नेता थारु घरदैलोमा निकै ब्यस्त हुनुहुन्छ । जनताले स्वागत गर्दै आफुहरुले गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्ने मतदाताहरुले बताएको बिनकुमार घर्तिले बताउनु भयो ।

Next Post

नेपालगन्ज-१० माओवादी तर्फका अध्यक्ष धनबहादुर भन्छन् ´एकपटक हामीलाई मतदान गरेर हेर्नुस् ` 

२०७९ बैशाख १९, सोमबार २०:४७
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० माओवादी केन्द्र तर्फका अध्यक्ष धनबहादुर पुन मतदाताको घरदैलो मै पुगेर मत माग्दै हुनुहुन्छ । पुनले घरदैलो अभियानमा एकपटक वडा बासीले माओवादी केन्द्रका उम्मेदवारलाई हेर्नुस् भन्दै जनताको घरदैलोमा पुग्नु भएको हो । अध्यक्षका उम्मेदवार पुनका अनुसार माओवादी तर्फ मतदाताको आकर्षण बढिरहेको छ । इमानदार, […]