गाेरखापत्रकर्मी खान भारतको कानपुरमा सम्मानित

  ।   २०८० कार्तिक १४, मंगलवार १३:३१

नेपालगन्ज । गाेरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ।

इन्डियन जर्नलिस्ट एशाेसियसनकाे राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशकाे आर्थिक केन्द्र कानपुरमा साेमवार आयाेजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुकाे भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हाे। इन्डियन जर्नलिस्ट एशाेसियनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा रमेश बर्मा, अन्जनि निगम लगायतले गाेरखापत्रकर्मी खानलाई सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बाेधन गर्ने अधिकांश वक्ताले लाेकतन्त्रकाे रक्षाका लागि भारत र नेपालका पत्रकारकाे भुमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि साेहि कार्यमा लागिरहेको बताएका थिए। कार्यक्रममा एशाेसियसनका राष्ट्रिय अध्यक्ष कुरैशिले एशाेसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताउनुभयो । साे अवसरमा भारतका दर्जनबढि वरिष्ठ पत्रकारहरुलाई विभिन्न सम्मान प्रदान गरिएको थियोे ।सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्ने लगायत पत्रकारको सुरक्षा सम्बन्धि विभिन्न प्रस्ताव पनि पारित गरेकाे एशाेसियसनकाे कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताउनुभयो । साे सम्मेलनमा भारत र नेपालका दुईसय बढी पत्रकारहरुकाे सहभागिता रहेको थियो ।
गाेरखापत्रकर्मी खानलाई सम्मानित गर्दै अतिथिहरु ।

Next Post

फुलखेतिमा रमाउदै चर्तिमगर

२०८० कार्तिक १४, मंगलवार १३:३१
नेपालगन्ज उपमहानगरपालिका २० कि महिला उद्यमी बिन्दु चर्तिमगरले व्यावसायिक रुपमा फूलखेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तिमगर फूलखेतीमा रमाइरहनु भएको छ । “अरुले भन्दा फरक केही काम गर्नुपर्छ भन्ने मनमा लाग्यो, फूलसँग खेल्ने मेरो सानै देखिको सौख थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो, […]

सम्बन्धित शीर्षक