गुडन्युजकर्मी गुरुङ सम्मानित

  ।   २०८१ चैत्र १६, शनिबार २२:२९

गुडन्युज राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनका अवसरमा गुरुङ उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको हो ।

लुम्बिनी प्रदेशबाट उत्कृष्ट पत्रकारका रुपमा ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट उहाँलाई सम्मान गरिएको हो । गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष, गोरखापत्र सम्वाददाता, मिसन टुडे दैनिकको डेस्क सम्पादक र कमेरो खबर डटकमको सम्पादकसमेत हुनुहुन्छ ।

गुरुङसहित कोशी प्रदेशबाट ईश्वर थापा, मधेस प्रदेशबाट विकास आर्य ठाकुर, वागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरी जोशी, उपत्यकाबाट विनोद दाहाल, एसोसिएटबाट डब्बु छेत्री,  प्रतिष्ठानबाट रघुनाथ बजगाई र प्रवासबाट केजीन राईलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मानित गरिएको छ ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट कोमल बराल, शक्तितारा स्मृति पत्रकारिता पुरस्कारबाट धर्मेन्द्र कर्ण र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कारबाट मन्जीमा ढकाललाई सम्मानित गरिएको छ ।

त्यसैगरी उत्कृष्ट प्रदेशका रुपमा मधेस प्रदेश समिति र उत्कृष्ट जिल्लाका रुपमा रोल्पा जिल्ला समितिलाई सम्मानित गरिएको छ । पुरस्कृत हुने सबैलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणपत्र र पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Next Post

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँके आँउदै 

२०८१ चैत्र १६, शनिबार २२:२९
नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको पदाधिकारी टिम बुधवार बाँके आउने भएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्‌घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड सहित बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , उपाध्यक्ष पम्फा भुसाल , अग्नि सापकोटा , उपमहासचिव वर्षमान पुन , जर्नादन शर्मा […]

सम्बन्धित शीर्षक