बाँके इन्चार्ज सोनामका साथमा संयोजक जेम्स घाँस काट्नमा रमाउँदै

  ।   २०८० भाद्र १५, शुक्रबार ११:५५


नेपालगन्ज । लुम्बिनी प्रदेसका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरको आगनमा घाँस काट्दै गरेको अवस्थामा भेटिनुभयो । साथमा बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे जेम्स हुनुहुन्थ्यो । उहाँले डोको, नाम्लो तथा हँसियासहित जङ्गलमा गएर भने घाँस काट्नु भएको होइन । पछिल्लो समयमा प्रविधिसंगै विकास भएको घाँस काट्ने स्वचालित मेसिनद्वारा उहाँले घरको वरिपरी आगनमा उम्रेको मसिनो झारपातसहितको घाँस काटेर सफा गर्नुभएको हो भने संयोजक जेम्सले हसियाद्वारा घाँस काट्नु भएको थियो ।

पूर्व मुख्यमन्त्री सोनाम नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत हुनुहुन्छ । ‘घरघरमा माओवादी, मनमनमा माओवादी’ भन्ने मूल नाराका साथ पार्टिले भदौ १६ गतेदेखि देशभर सञ्चालन गर्न लागेको तीन महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि उहाँलाई बाँकेको इन्चार्जको जिम्मेवारी दिएको छ । त्यही जिम्मेवारी पूरा गर्नका लागि उहाँ अहिले बाँकेमा कृयाशिल हुनुहुन्छ ।

शुक्रबार बिहान उहाँ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती बाँकेको कार्यालय रहेको घरको आगनमा उम्रेको घाँस काट्दै गरेको अवस्थामा भेटिनुभएको थियो । ‘पार्टीको अभियानसहित हामीले स्वच्छ वातावरणका लागि घर वरपर सधै सफा राख्नुपर्छ, आज पार्टी कार्यालय परिसरमा विभिन्न विरुवाहरु लगाउने कार्यक्रम रहेकाले सरसफाइ गर्दैछौं ।’ – सोनामले भन्नुभयो ।

पार्टी कार्यालयलाई सुन्दर तथा हराभरा बनाउनका लागि गुलमोहर, लिची, श्रीखण्ड, आँप, मेवा, नीम लगायत अन्य प्रजातिका दर्जनौं बिरुवा लगाउन लागिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिनुभयो । उहाँले शुक्रवार (आजै) बिरुवा लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पार्टी कार्यालय सरसफाइ कार्यक्रममा जिल्ला इन्चार्ज सोनाम, जिल्ला संयोजक जेम्स, जिल्ला सचिव डिल्ली बराल (अमिर), आइसीटी फोरमका बाँके संयोजक दिपेन्द्र बिष्ट, जानकी अध्यक्ष नारायण गिरी लगायतको सहभागिता रहेको थियो ।

Next Post

´घरघरमा माओवादी: बिशेष तीन महिने अभियान`को तयारी पुरा, भोलि बाँकेका ८१ वडामा एकैपटक उद्घाटन हुने

२०८० भाद्र १५, शुक्रबार ११:५५
नेपालगन्ज । माओवादी केन्द्र बाँकेले भोलिदेखि हुने तीन महिने अभियानको पुर्णतः तयारी भएको जनाएको छ । देशैभरका ७ हजार २ सय ४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा भोलि एकैपटक  सो अभियानको उद्घाटन गर्ने भएको हो । शुक्रबार माओवादी केन्द्र बाँकेले […]

सम्बन्धित समाचार