रकम असुली गरेको आरोपमा ३ जना पक्राउ

  ।   २०८० आश्विन २३, मंगलवार १३:४६

नेपालगन्ज । सेवाग्राहीहरुसँग रकम असुली लिएको आरोपमा राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले झापामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका मोहन नेपाल, दोलखाका विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ का कमल खनाल रहेका छन । उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन् ।

कर्मचारीहरुले हाल्दिबारी वडा नम्बर–१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएको आरोप लागेको छ ।

Next Post

एक सातापछि नेपालगञ्जमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

२०८० आश्विन २३, मंगलवार १३:४६
नेपालगन्ज ।नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गर्नुभएको हो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो । गत असोज […]