कतार च्यारेटिको सहयोगमा अपांगता भएकाले पाए तीन पांग्रे साइकल 

  ।   २०७९ श्रावण २८, शनिबार ०९:४९

नेपालगञ्ज । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो ।                     
नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष रवि तुलाधर र कोषाध्यक्ष फिरदौस जहाँ खानले तीन पांग्रे साइकल वितरण गर्नुभयो । सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले कतार च्यारिटीले बाँकेका विभिन्न पालिकाका विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न सहयोग कार्यक्रम शुरु गरेर निकै सराहनीय कार्य गरेको बताउनुभयो ।उहाँले लाभार्थिहरुको संख्या कम रहेकोले अझै बढाउनु पर्ने माग पनि सो अवसरमा गर्नुभयो ।     
कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँकेमा सञ्चालित कार्यक्रमहरुको परिणामा निकै राम्रो र सकारात्मक देखिएकोले अझै थप गर्ने प्रयास गर्ने आश्वासन दिनुभयो । उक्त अवसरमा बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताको पनि उपस्थिति रहेको थियो । यसैगरि कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखले च्यारिटीको सहयोगमा नेपालगञ्जमा स्थापना गरिएको रेष्टुरेन्ट र किराना पसलको पनि स्थलगत अनुगमन गर्नुभएको थियो ।

Next Post

डोल्पाबाट निर्बाचित, प्रदेशसभा सदस्य बीरबहादुर शाही मन्त्रीमा नियुक्त

२०७९ श्रावण २८, शनिबार ०९:४९
संवाददाता, नेपालगंज । कर्णाली प्रदेशको रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा डोल्पाबाट निर्बाचित, प्रदेशसभा सदस्य बीरबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शाहीलाइ पद तथा गोपनियताको सपथ खुवाएसँगै शाही मन्त्रीमा नियुक्त हुनुभएको हो । गैरसासंद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाइ आज नियुक्त गरिएको […]