संवाददाता, नेपालगंज ।
कर्णाली प्रदेशको रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा डोल्पाबाट निर्बाचित, प्रदेशसभा सदस्य बीरबहादुर शाही नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले शाहीलाइ पद तथा गोपनियताको सपथ खुवाएसँगै शाही मन्त्रीमा नियुक्त हुनुभएको हो । गैरसासंद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाइ आज नियुक्त गरिएको जनाईएको छ ।