प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो

  ।   २०७७ पुष २०, सोमबार ०७:१८

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एकरएक गोल गरे।

चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एकरएक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ भने न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ ।

Next Post

कोरोनाको जोखिमकाबीच बेलायतमा विद्यालय खुलाउने सरकारको तयारी

२०७७ पुष २०, सोमबार ०७:१८
एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नु भएको छ । विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै […]