करिब साढे ४ करोडको लागतमा दोन्द्रानालामा पक्की पुल

निर्माण कार्यको शिलन्यास पछि शिवपुरी र बढैयाका स्थानीय खुसी

  ।   २०७७ भाद्र २८, आईतवार १९:१८

जानकी ।

बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर १ शिवपुरी र बढैया गाउँलाई जोड्न दोन्द्रा नालामा पक्की पुल निर्माण गर्न थालिएको छ। पुल निर्माण कार्यको ५ नम्बर प्रदेशका सांसद बाबुराम गौतमले आज शिल्यान्यास गर्नु भएको हो ।

पुलको निर्माण कार्य प्रदेश ५ सरकारको आर्थिक सहयोगमा हुन लागेको हो । शिलन्यास पछि सम्बोधन गर्दै प्रदेश सांसद गौतमले पुलको गुणस्तरियता र समयसिमा ध्यान दिन निर्माण पक्षधरलाई निर्देशन दिनुभयो ।

४ करोड ४७ लाख २८ हजार ८३७ रुपैंयाको लागतमा निर्माण गर्न लागीएको पुल २०७८ असार मसान्त सम्म निर्माण गरिसक्नु पर्ने छ । पुल निर्माणको जिम्मा डाइनामिक, नारायणम र पी एस निर्माण कम्पनीले लिएको छ ।

शिलन्यास कार्यक्रममा पुग्नुभएका गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जनताका लागि यो अति आवश्यक भएको भन्दै आउजाउ र विकाससँग शिवपुरी वस्तीलाई जोड्ने बताउनु भयो ।

शिलन्यास कार्यक्रमा पुग्नुभएका नेकपाका अगुवा नेता तथा समाजसेवी इन्द्र थापाले पुल विना शिवपुरीवासीले भोग्दै आएका समस्या यो निर्माण पश्चात समाधान हुने बताउनु भयो ।

प्रदेश नंम्बर ५ सरकारको सडक पूर्वाधार विकास कार्यलयका प्रमुख गोविन्द महतरा, नेकपा जानकी गाउँपालिका अध्यक्ष पदम धिताल, वडा नम्बर १ का अध्यक्ष मोहमद रज्जा राई लगायतका ब्यक्तित्वहरु पनि पुल शिलन्यास कार्यक्रममा सहभागी हुनुभएको थियो ।

Next Post

सरकारले कोरोना नियन्त्रण, पिडित र वेरोजगारलाई व्यवस्थापन गर्न सकेन ।

२०७७ भाद्र २८, आईतवार १९:१८
नेपालको राजधानी काठमाडौ उपत्यकामा कोरोना महामारीको सक्रमण समुदाय स्तरमा फैलिएर सक्रमणको बृद्धि दर बढन थालेको छ । सक्रमण बढे पछि सरकारले उपत्यकामा प्रजिअहरुको निर्णयमा सडडाउन,निषेधाज्ञा लगाउदा पनि सक्रमणको बृद्धि दरमा कमि आएन । सक्रमणको बृद्धिमा कुनै नियन्त्रण नआए पछि उपत्यकाका प्रजिअहरुले दशैसम्म कर्फयु लगाएर प्रवेश नाकाहरुमा सेना परिचालनको प्रस्ताव ल्याएका […]