बाँकेमा कोरोना रोगको प्रयोग दर ०.३० प्रतिशत

  ।   २०७७ आश्विन ११, आईतवार १७:०५

 नेपालगंज ।
बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ८ सय २१ जना पुगेको छ ।

आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ८ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोशाला र वागेश्वरी ल्यावबाट ८ जना गरी १६ जनालाई कोरोनाको संक्रमण पाईएको छ ।

जसमध्ये ५ महिला र ११ जना पुरुष रहेका छन ।

संक्रमित मध्ये १ हजार ४ सय ३४ जना ब्यक्तिहरु निको भएका छन । हाल सम्म बाँकेमा जिल्ला भित्रका १३ जना र बाहिरी जिल्लाका ६ जना गरी जम्मा १९ जना ब्यक्तिहरुकोे मात्र मृत्युभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

अहिले ३ सय ७५ जना उपचारमा रहनुभएको छ । बाँकेमा मृत्युदुर ०.६६ प्रतिशत, रोगको प्रयोग दर ०.३० प्रतिशत र विरामीको निको हुने दर ७८.७५ प्रतिशत रहेको छ ।

बाँकेका दुई ठुला शहर नेपालगंज र कोहलपुर कोरोनाको उच्च जोखिममा देखिएका छन ।

Next Post

बाँके जिल्लाबाट आज थप २९ जना कोेरोना जितेर घर फर्किदै

२०७७ आश्विन ११, आईतवार १७:०५
बाँके । बाँके जिल्लाबाट आज (सोमबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २९ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १० जना महिला र १९ पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार […]