बाँके जिल्लाबाट आज थप २९ जना कोेरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन १२, सोमबार १०:०१

बाँके । बाँके जिल्लाबाट आज (सोमबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २९ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १० जना महिला र १९ पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ४६३ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ८२१ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १३ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३५३ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ८०.३४ प्रतिशत, मृत्यु दर ०.७१ प्रतिशत र रोगको प्रकोप दर ०.३० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप

२०७७ आश्विन १२, सोमबार १०:०१
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको […]

सम्बन्धित समाचार