´घरघरमा माओवादी: बिशेष तीन महिने अभियान`को तयारी पुरा, भोलि बाँकेका ८१ वडामा एकैपटक उद्घाटन हुने

  ।   २०८० भाद्र १५, शुक्रबार २२:४७


नेपालगन्ज । माओवादी केन्द्र बाँकेले भोलिदेखि हुने तीन महिने अभियानको पुर्णतः तयारी भएको जनाएको छ । देशैभरका ७ हजार २ सय ४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा भोलि एकैपटक  सो अभियानको उद्घाटन गर्ने भएको हो ।

शुक्रबार माओवादी केन्द्र बाँकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अभियानको बारेमा जानकारी गराएको हो । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले भोली बाँकेका ८ वटै पालिकाका ८१ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ बाँकेमा उद्घाटन हुने अभियानको तीन महिने कार्यतालिका समेत सार्वजनिक गरीएको छ । अभियानभरी ६ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर सांगठानीक गतिविधि संचालन गरीने पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार अभियानका क्रममा राजनैतिक वैचारीक कार्य, संगठनात्मक कार्य, संघर्ष तथा जनसम्बन्ध बारे कार्य, प्रचारात्मक कार्य र आर्थिक उत्पादन सम्बन्धिका गतिविधिहरुलाई विशेष प्राथमिकतामा राखेर अभियान संचालन गरीने छ ।

अभियानको भोलि दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताईएको छ । केन्द्रिय कार्यालय काठमाण्डौंबाट अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशैभर एक साथ अभियान उद्घाटन गरेपछि जिल्ला, पालिका र वडास्तरका गतिविधिहरु संचालन गरीने उहाँले बताउनु भयो ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने नेकपा माओवादी केन्द्रका स्थायी सिमित सदस्य एवं बाँके जिल्ला अभियान ईन्चार्ज कुल प्रसाद केसी (सोनाम)ले बताउनु भयो । ‘हामी जनतासँग भिज्न सकेको छैनौं’ अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने भन्दै उहाँले भन्नु भयो, ‘यस अर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’

नेपालगन्जको पिसप्लाजामा आयोजना गरिएको सो पत्रकार भेटघाट कार्यक्रमको संचालन माओवादी केन्द्रका जिल्ला सचिव डिल्ली बराल (अमिरले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Next Post

नेकपा माओवादी केन्द्र बाँकेले दियो धन्यवाद, १ सय ८६ जना प्रवेश

२०८० भाद्र १५, शुक्रबार २२:४७
नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लाका ८१ वटै वडाका जनतालाई धन्यवाद दिएको छ । माओवादी केन्द्र बाँकेका इन्चार्ज कुलप्रसाद केसी (सोनाम), संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) र सचिव डिल्ली बराल (अमिर) द्वारा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशैभरका सबै पालिकामा एकैसाथ ‘जनतासँग […]