नेपालगन्जमा ५ दिने महिला अभिमुखिकरण तालिम शुरु

  ।   २०७९ बैशाख १६, शुक्रबार २०:१८

योगेश पाण्डे

नेपालगन्ज । नेतृव बिकासका लागि ५ दिने महिला अभिमुखिकरण तालिम शुरु भएको छ । प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य पार्वती पुन ( उषा) रहनु भएको सो कार्यक्रमको प्रमुख प्रशिक्षक अधिवक्ता मोहन अर्याल हुनुहुन्छ ।

शुक्रबार नेपालगन्ज सुर्खेत रोडमा अबस्थित होटेल ग्यालेक्सी दरबार भएको सो तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि पुनले महिलाहरूले आफ्नो अधिकारको लागि जागरूक हुनुपर्ने बताउनु भयो ।  महिला नै आजको शक्तिशाली हतियार हो भन्दै सांसद पुनले महिलाहरुले कत्ती पनि आफुलाइ कमजोर नवनाएर अगाडी बढ्न उत्साह दिनु भयो । त्यस्तै संबिधान सभा सदस्य अन्जना चौधरीले महिलाहरू नै आजको आवस्यकता हो भनेर उपस्थित महिलाहरूलाई हौसला दिनु भयो ।  आधा आकस ढाकिएका महिलाहरू हिंसाको सिकार भएको कुरा उल्लेख गर्दै यस्ता कुराहरू देखि सचेत भएर नेतृत्व विकास गर्न  प्रेस सेन्टर बाँके अध्यक्ष डक्ट प्रसाद धितालले बताउनु भयो ।

करिव १ सय जना महिलाहरू सहभागी भएको तालिमको उद्घाटन सत्रको अध्यक्षता  एकता आमा समूहका अध्यक्ष मेनका बमले गर्नु भएको थियो भने कार्यक्रम संचालन मुना हमालले गर्नुभएको थियो । सो तालिमको आयोजना एकता आमा समुह बाँकेले गरेको छ ।

Next Post

बर्दियाका दलहरुद्धारा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता

२०७९ बैशाख १६, शुक्रबार २०:१८
बर्दिया । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला […]