नेपालगन्ज । ४ महिने अभियान अन्तरगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेको समीक्षा बैठक मंगलबार सम्पन्न भएको छ ।
घर घरमा माओवादी जन जनमा माओवादी, जनता संग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत अभियानको अन्त्यमा समीक्षा बैठक गरिएको हो । समीक्षा बैठकमा बोल्दै माओवादी केन्द्रका स्थाई समिति सदस्य एवं अभियानका बाँके इन्चार्ज कुल प्रसाद केसी (सोनाम)ले जिल्लाको समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनु भयो । उहँले सोही आधारमा पार्टी लाई नयाँ ढंगले अगाडि बढाउनका लागी पार्टी केन्द्र लाई सुझाव पेश गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा अर्का स्थाई समिति सदस्य पूर्ण कुमारी सुवेदी , थारू नेता सन्तकुमार थारू ,महिला नेतृ दामा शर्मा , लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू (कबीर) लगायत जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जिल्ला संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्ली बरालले गरेका गर्नुभएको थियो । संयोजक पाण्डेले अभियानले पार्टी चलाएमान बनेको भन्दै अभियानमा सक्रियताको आधारमा कार्यकर्ताको मूल्यांकन गरिने समेत बताउनु भयो ।



